स्वास्थ्य

आइसोलेसनमा उपचाररत विरामीमा कोरोना 'नेगेटिभ'

भैरहवास्थित भिम अस्पताल ।

भैरहवा- भिम अस्पतालको आइसोलेसन कक्षमा उपचाररत प्युठानको विरामीमा कोरोना नेगेटिभ देखिएको छ। कोेरोनाको आशंकामा शनिबार भर्ना भएका २० वर्षिय विरामीको शरीरबाट स्वाबसहितको नमुना संकलन गरेर कोभिड–१९ भाइरस परीक्षणका लागि टेकुस्थित अस्पतालमा पठाइएको थियो।
बुधबार साढे ११ बजे आएको परीक्षण रिपोर्टमा कोरोना संक्रमण नेगेटिभ अर्थात नदेखिएको भैरहवा भीम अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए।

दुई वेड पूर्ण रुपमा आइसोलनसहित व्यवस्था रहेको अस्पतालमा शनिबारदेखि उनलाई राखी उपचार भइरहेको थियो, दश दिनदेखि ज्वरो आएपछि उनी प्युठानको अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, युनिभर्सल मेडिकल कलेज भैरहवा हुँदै अनततः भीम अस्पताल आएका थिए।

भारतको कोरोना प्रभावित सहर चेन्नईबाट आएको उनीमा लगातार ज्वारो देखिएपछि कोरोनाको आशंकामा भीम अस्पतालको आइसोलेसनमा राखिएको थियो।

जोखिम मोल्दै काम गर्दै
स्वास्थ्यकर्मीले अझै पनि नर्मल सर्जिकल मास्क र पन्जाको भरमा स्वास्थ्य सेवा दिइरहेका छन्।  'आफ्नो स्वास्थ्यलाई जोखिममा राख्दै चिकित्सकीय सेवा दिई रहेका छौ। पूर्ण रुपमा जोखिम मोलेर नै स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता छ, हामीलाई कुनै पनि प्रकारको भाइरसबाट बच्न सुरक्षाको साधन उपलब्ध छैन' फोकल पर्सन डा. सुमित प्रजापतिले भने।  

प्रदेश सरकारले कोरोना पोजीटिभ देखिएको विरामी मात्र भिममा आउने निर्देशन दिए पनि सरकारले स्वास्थ्यकर्मीलाई पूर्ण रुपमा सुरक्षा कवच उपलब्ध गराएको छैन। बुधबार दिउँसोसम्म कुनै पनि प्रकारको सुुरक्षा कवच अस्पतालमा आएको छैन सूचना अधिकारी उपाध्यायले भने।

रोकिएका लोडेड इन्धन नेपाल आउदै
गोरखपुरमा मंगलबार रोकिएका ९ वटा पेट्रोलका ट्याङकर भैरहवा भन्सार कार्यालय आएको छ। र १५ वटा एलपी ग्यासका बुलेट र २ वटा डिजेलका टयाङकर पनि भन्सार परिसरमा आएको ट्रान्स नेपाल वेलहियाका प्रमुख रवि पारिखले बताए। मंगलबार गोरखपुर सीमाबाट फर्किएका ४० वटा ट्याङकर भने अहिलेसम्म पुनः भारत जान सकेको छैन, निर्वाध रुपमा पेट्रोलियम ढुवानीको विषयलाई लिएर भारतसँग कुराकानी भइरहेको छ, भारतमा रोकिएका लोडेड सबै ट्याङकर र बुलेट नेपाल आइरहेको पारिखले बताए।

 

प्रकाशित: १२ चैत्र २०७६ ०८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App