स्वास्थ्य

पाँचथरमा स्थानीय प्रशासनद्वारा कडाइ

पाँचथर– मंगलबारको तुलनामा बुधबार विहानैदेखि पाँचथर सदरमुकाम फिदिम लगायतका बजारहरूमा स्थानीय प्रशासनले निक्कै कडाई गरेको छ।  प्रहरीले फिदिमबजार क्षेत्रमा पसलहरू बन्द गर्न तथा बाहिर ननस्किन कडा निर्देशन गरेको हो।
सदरमुकाम फिदिमका प्रत्येक चोकमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बाक्लो संख्यामा परिचालन भएका छन्।

स्थानीयवासीहरू पनि घरबाट निस्किएका छैनन्। कोरोना त्रास फैलिएसँग ग्रामीण बजार पनि ठप्प छन्। ग्रामिण बस्तीहरूमा पनि कोरानो त्रास बढेसँगै मानिसहरू घरमै बस्न थालेका हुन्। ‘लकडाउन’ पूर्ण रुपमा कार्यान्वन भएको पाँचथरका प्रहरी प्रमुख डिएसपि सिद्धराज न्यौपानेले जानकारी दिए। उल्लघन गर्नेलाई कारबाही गर्ने उनको भनाई  छ। 


यसैबिच नेपाली सेना र शसस्त्र प्रहरीको टोलीले सदरमुकाम फिदिमको श्रोत केन्द्र भवनमा क्वारेन्टाईन बनाईरहेको छ। थप क्वारेनटाईन बनाउने मंगलबार निर्णय भएको थियो। यस अघि स्थानीय समर्पित अस्प्तालमा १६ क्वारेनटाईन बनाएको थियो। समर्पित अस्पतालमा ५ वटा आईसुलेसन बेड तयार गरीएको छ । यस्तै हरेक स्थानीयतहमान्यूनत २५ वटा क्वारेनटाईन बनाउने निर्णय भएकाले कामहरु भईरहेका छन्। तर स्वास्थ्यकर्मीलाई आवश्यक पिपिई, सर्जिकल मास्क लगायतका न्यूनतम समाग्रीको अभाव देखिएको छ। 

प्रकाशित: १२ चैत्र २०७६ ०८:२१ बुधबार

पाँचथर स्थानीय_प्रशासन कोरोना