स्वास्थ्य

कोरोना प्रभावित देशबाट आएका २३ जना क्वारेन्टाइनमा

लहान- कोरोना भाइरस (कोभिड-१९) प्रभावित युएई (दुबई) र भरतको विभिन्न प्रान्तबाट दिल्ली हुँदै सिरहाको माडर नाकाबाट प्रवेश गरेका २३ जनालाई सीमामा तैनाथ सशस्त्र प्रहरीले रोकेर क्वारेन्टाइनमा राखेको छ।

तीन जना युएई र विस जना भरतको कोरोना प्रभावित प्रान्तबाट आएको प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईले जानकारी दिए।

रिजर्भ गाडीमा भारतीय नाका जयनगर हुँदै माडर आइपुगेका उनिहरूलाई सशस्त्र प्रहरीले रोकेर हिस्ट्री लिएर क्वारेन्टाइनमा लगेर राखेको सशस्त्र प्रहरीका सिरहा प्रमुख (एसपी) प्रवीण कडेलले बताए।

माडरको ब्रझ माध्यमिक विधालयको कक्षा कोठा भुइँमा त्रीपाल ओछ्याएर  २३ जनालाई क्वारेन्टाइन गरिएको छ। प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईका अनुसार उनिहरूमा त्यस्तो कुनै लक्षण देखिएको छैन। सिराहा नगरपालिकाले तयार पारेको उक्त  क्वारेन्टाइनमा उनिहरूलाइ १४ दिनसम्म राखिन्छ। लक्षण अनुसारको उपचार गरिने उनले बताए।

प्रकाशित: ११ चैत्र २०७६ १०:१४ मंगलबार

कोरोना कोभिड_१९ क्वारेन्टाइन