स्वास्थ्य

कोरोनाविरुद्धको लडाईमा नेपालसँग हामी साथ छौं : चीन

 काठमाडौं- कोरोना भाइरसलाई परास्त गर्ने दिशामा अघि बढेको चीनले नेपाललाई आफु साथमा रहेको बताएको छ। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका १९० भन्दा बढी देशमा पुगिसकेको छ। कोरोनासँग कठिन परिस्थितिमा जुधेको चीनले नेपालाई ढाडस दिएको हो। चीनले कोरोनाविरुद्धको लडाइका लागि सकेसम्मका चिकित्सा सामाग्री मिलाउने समेत जनाएको छ।

चिनियाँ राजदूत होउ यान्छीले ट्वीट गर्दै आफुहरु साथमै रहेको बताएकी छन्। उनले भनेकी छन, 'हामी नेपालका लागि प्रार्थना गर्दैछौँ। हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्‍याउन चिकित्सा सामग्रीहरू ककेसम्म मिलाउँदै छौँ। हामी साथमा छौँ!'

नेपालमा दुई जनामा कोरोना भेटिए पनि एक जना सन्चो भएर घर फर्केका छन् भने एक युवतीको टेकु अस्पतालमा उपचार भइरहेको छ।

 

 

प्रकाशित: ११ चैत्र २०७६ ०५:४५ मंगलबार

कोरोना_भाइरस कोभिड_१९ चीन सहयोग