स्वास्थ्य

मास्क किन्नेको भिड

काठमाडौं- कोरोना भाइरसको त्रास बढेपछि मास्क किन्नेको भिड देखिएको छ। शिक्षण अस्पताल महाराजगञ्जमा लकडाउनको पहिलो दिन मास्क किन्नेको भिड देखिन्थ्यो। सरकारले आजबाट एक साता लकडाउन गरेको छ। सरकारले आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान समेत बन्द गरेको छ भने सबै सवारी सधान चलाउन पनि रोक लगाएको छ।  

कोरोना संक्रमणको विरामी फेला परेपछि थप संक्रमण नफैलियोस् भनि सोमबार सरकारले संक्रामक रोग ऐन २०२० अनुसार एकसाताका लागि मुलुकभर लकडाउनको घोषणा गरेको हो। मंगलबार बिहान ६ बजे देखि १८ गते सम्म अत्यावश्यक बाहेक सर्वसाधरणलाई घर बाहिर निस्कन निषेध गरिएको छ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App