स्वास्थ्य

वीरगन्जका उद्योगी रुगंटामा कारोना नेगेटिभ *

*नोट : प्रारम्भिक रिपोर्टमा कोरोना देखिएको भनिए पनि विस्तृत रिपोर्टमा नेगेटिभ देखिएको छ। यसअघि परिवार र स्थानीय प्रशासनको भनाईलाई आधार मानेर संक्रमण भनि प्रकाशित समाचारप्रति क्षमाप्रार्थी छौै। )

वीरगन्ज  - भारत, बिहारको पटनास्थित ‘पटना मेडिकल कलेज अस्पताल’ (पीएमसीएच) मा उपचाररत वीरगन्जका उद्योगी शिवकुमार रुंगटाको थप कोरोना परीक्षणमा नतिजा ‘नेगेटिभ’आएको छ। यसअघि अस्पतालका चिकित्सकले उनमा कोरोनाको संक्रमण रहेको बताएका थिए। शिवकुमारका दाजु सुरेश रुगंटाले पनि वीरगन्जमा रहेका उद्योगी ब्यवसायिलाई यस्तो बताएका थिए।

पटनास्थित ‘राजेन्द्र मेमोरियल रिसर्च इन्सिट्युट अफ मेडिकल साइन्स’को रिपोर्टमा ‘नेगेटिभ’ रहेको जनाइएको छ। ‘अहिले जाँचहरु चलिरहेकै थियो, पहिले कोरोना पोजेटिभ भनिए पनि अहिले उहाँको यो रिपोर्ट आएको छ, जसमा कोरोना नभएको पुष्टि भयो,’ उपचारको क्रममा संगसंगै रहेका शिवकुमार रुंगटाका भतिजा आकाश रुंगटाले नागरिकसित कुरा गर्दै भने, ‘अहिले उहाँको स्वास्थ्यमा क्रमिक सुधार छ।’ रुंगटा सिकिस्त भएपछि ४ दिन अगाडि भारतको पटनामा उपचारको लागि लगिएको थियो।

 

प्रकाशित: ९ चैत्र २०७६ १४:५८ आइतबार

कोरोना_भाइरस कोभिड_१९ क्वारेन्टाइन