स्वास्थ्य

९ गतेदेखि सार्वजनिक, सामुदायिक र निजी कार्यालय बन्द

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सरकारले आगामी ९ गतेदेखि २१ गतेसम्म सवै सार्वजनिक, सामुदायिक र निजी कार्यालय बन्द गर्ने बताए।  अनिवार्य सेवा दिनुपर्ने कार्यालयबाहेक अन्य कार्यालय बन्द हुने बताए।

सम्वोधन गर्दै उनले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै चैत्र १० देखि लामो दुरीका यातायात केही समयको लागि बन्द गरेको बताए।

नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान ९ गतेदेखि बन्द गरिएको छ। सीमाबाट भित्रिनेहरुका लागि कडा स्वास्थ्य जाँच हुने छ।

प्रकाशित: ७ चैत्र २०७६ १२:५० शुक्रबार

कोरोना कोरोना_भाइरस सम्वोधन कोभिड_१९