स्वास्थ्य

बसपार्कमा उपत्यका छाड्नेहरुको संख्या बढ्याे

काठमाडाैं- कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढेसँगै उपत्यका छाड्नेहरुको संख्या बढेको छ। कोभिड -१९ को जोखिम बढेसँगै सरकार विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने निर्णय गरेको थियो। सरकारी निर्णयपछि विद्यालयहरु बन्द भएका छन् भने छाड्नेहरुको संख्या बढेको छ।

काठमाडौंको गोंगबुमा रहेको नयाँ बसपार्क लगायत अन्य टिकट काउन्टरहरुमा शुक्रबार घर फर्कन टिकट लिनेहरुको भीड लागेको छ। बसपार्क र काउन्टरहरुमा दशैतिहारमा जस्तै टिकट काट्नेहरुको भिड छ। बालबालिकाहरुको अन्तिम परीक्षा सकिएको र सरकारले समेत एक महिनाका लागि विद्यालय तथा कलेजहरु बन्द गर्ने निर्णय गरिसकेको छ। लोक सेवा आयोग तथा विश्वविद्यालयहरुले लिने सम्पूर्ण परीक्षाहरु समेत स्थगित भएका छन्। विद्यालय बन्द र परीक्षाहरु समेत स्थगित भएपछि सर्वसाधारणहरु धमाधम उपत्यका छाड्न थालेका हुन्।

बसपार्कमा टिकट लिने सर्वसाधारणहरुको संख्या बढेसँगै कतिले टिकट नै नपाएको गुनासो गरेका छन्। वैशाख ३ गतेसम्म रुट इजाजत खुला गरेपनि अहिले रिजर्भमा जाने बसहरुले महंगो भाडा लिइरहेको गुनासो सर्वसाधारणले गर्न थालेका छन्। यात्रुहरुबाट बढी रकम असुल गरिएपनि सम्बन्धित निकायबाट अनुगमन नै नभएको गुनासो यात्रुहरुले बताएका छन्।

प्रकाशित: ७ चैत्र २०७६ ०७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App