स्वास्थ्य

कोरोनालाई मध्यनजर राख्दै नेपाली टाइम्सको प्रकाशन बन्द

काठमाडौं- हिमाल मिडियाद्वारा प्रकाशित नेपाली टाइम्स पत्रिकाले कोरोना भाइरसलाई मध्यनजर राख्दै प्रकाशनलाई बन्द गरेको छ। अवस्था सामान्य नहुँदासम्मको लागि प्रकाशन रोकिएको नेपाली टाइम्सले जनाएको छ। अर्को हप्तादेखि पत्रिकाको प्रकाशन बन्द रहने जनाइएको छ।

तर पत्रिकाको अनलाइन भने सुचारु रहने छ। पत्रिका हरेक शुक्रबार प्रकाशन हुँदै आएको थियो। पत्रिकाले पाठकहरुका लागि डिजिटल प्याकेज दिने जनाएको छ।

प्रकाशित: ७ चैत्र २०७६ ०७:४० शुक्रबार

कोरना कोभिड_१९ पत्रिका