स्वास्थ्य

'विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्न सकिँदैन'

काठमाडौं- सरकारले स्वतन्त्र रुपमा विदेश आउने सबैलाई क्वारेन्टाइनमा राख्न नसकिने बताएको छ। कोरोना भइरसका सन्दर्भमा स्वास्थ्य विज्ञ र पत्रकारहरुबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको अन्तरक्रियामा स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले यस्तो बताएका हुन्।

उनले विशेष परिस्थित र संक्रमित क्षेत्रबाहेकबाट आउने सबैलाई क्वारेन्टाइन गर्न नसकिने बताएका हुन्। दक्षिण कोरियाबाट सबै भन्दा बढी थ्रेट रहेको र त्यस विषयमा अध्ययन भइरहेको उनले बताए। बढी शंकास्पद व्यक्तिलाई भने अस्पताल लगिने उनले बताए। क्वारेन्टाइन गर्नुपर्ने विशेष छ भने क्वारेन्टाइन स्थल अहिले पनि सरकारको मातहत नै रहेको उनले बताए।

महानिर्देशक श्रेष्ठले संकास्पद सबैलाई विमानस्थलमा परीक्षण गर्ने गरिएको बताएका छन्। नेपाल भारत सीमा क्षेत्रका ४१ वटा नाकामा हेल्थ डेस्क स्थापना गरिएको उनले बताए।

प्रकाशित: २८ फाल्गुन २०७६ १३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App