स्वास्थ्य

चौरजहारी अस्पतालको भवन बनाउन जापानको सहयोग

काठमाडौं– पश्चिम रुकुमस्थित चौरजहारी अस्पतालको आकस्मिक कक्ष निर्माणका लागि जापान सरकारले करिब ९५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

सहयोग सम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत मिसिमाची साइगो र मानव विकास सामुदायिक केन्द्रका अध्यक्ष मिलन अधिकारीले हस्ताक्षर गरेका हुन्। जापान सरकारको जीजीपी परियोजनाअन्तरगत यो सहायोग उपलब्ध गराइएको नेपालस्थित जापानी दुताबासले जनाएको छ।

दैनिक करिब २०० बिरामी आउने उक्त अस्पतालमा हालसम्म आकस्मिक कक्ष नभएका कारण आकस्मिक उपचारमा समस्या हुँदै आएको छ। आकस्मिक कक्ष नहुँदा त्यस्ता विरामीलाई सामान्य उपचार कक्ष तथा अन्य कोठामा उपचार गराउनु पर्ने वाध्यता छ।  

 

प्रकाशित: २८ मंसिर २०७५ ०७:४३ शुक्रबार

चौरजहारी_अस्पताल जापान आर्थिक_सहयोग