स्वास्थ्य

वीर अस्पतालका डाक्टरको राजीनामा पत्र : चाकरी र घुस रकम पुर्‍याउन सकिन

काठमाडौं- वीर अस्पतालका न्युरो सर्जन डा ध्रुवराज अधिकारीले राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्रमा चाकडी र घुस दिन नसकेको उल्लेख गरेका छन्। सोमबार पदबाट राजीनामा दिएका अधिकारीको राजीनामा पत्र सामाजिक सञ्जालमा भाइरल भएको छ। 'पूर्वाग्रह साथ दु:ख दिएको र चाकडि र घुस समेत डिमाण्ड अनुसार दिन असक्षम हुँदा राजीनामा दिएको छु' उनको राजीनामा पत्रमा भनिएको छ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई अधिकारीले बुझाएको राजीनामामा विगत एक वर्षदेखि वीर अस्पतालको न्यूरो सर्जरी विभागमा तलव विहिन भएर काम गर्दै आएको समेत उल्लेख गरेका छन्। आफुमाथी पूर्वाग्रह राखिएको समेत उनको आरोप छ। 'वीर अस्पतालले बारम्बार पत्र लेखेर अथक प्रयास गर्दा पनि वीर अस्पतालमा मेरो पोस्टिङ नगरी पूर्वाग्रह राखेर दु:ख दिएकोले राजीनामा दिएको हुँ,' उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

प्रकाशित: ४ मंसिर २०७५ ०९:१६ मंगलबार

राजीनामा डाक्टर