स्वास्थ्य

प्रधानमन्त्रीको रगत र एक्स-रेको रिपोर्ट सकारात्मक, सजिलैसँग नास्ता गरे

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीको रगत परीक्षण र छातीको एक्स-रे रिपोर्ट सकारात्मक रहेको अस्पतालले जनाएको छ। उनको मंगलबार बिहान उक्त परीक्षण गरिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ।

प्रधानमन्त्रीको उपचारमा संलग्न प्रा डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले आज बिहान सजिलैसँग खाजा खाएको  र स्वास्थ्यमा उल्लेख्य सुधार रहेको जानकारी दिए।  

प्रधानमन्त्री ओलीलाई सोमबार बिहान ४ : ३० बजे अस्पतालमा भर्ना गरिएको थियो।

प्रधानमन्त्रीको उपचार डा. अरुण सायमीको संयोजकत्वमा डा. दिव्या सिंह शाह र डा. सन्त कुमार दासको टोलीले गरिरहेको छ।

यस अघि चिकित्सकले प्रधानमन्त्री ओलीको छातीमा संक्रमण देखिएको र शरिरमा चिनीको मात्रा असन्तुलित भएको बताएका थिए।

११ वर्षअघि मृगौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यस्थिति आफैमा संवेदनशिल छ। उनी शनिवार आयोजित चियापान कार्यक्रममा सहभागि भएका थिएनन् भने आइतवार मन्त्रिपरिषद बैठकमा केहि क्षणमात्र सामेल भएका थिए।  

 

प्रकाशित: १३ कार्तिक २०७५ ०५:५० मंगलबार

प्रधानमन्त्री स्वास्थ्य सुधार