स्वास्थ्य

पाखुरा बटारेर सत्याग्रह हुन्छ? : अाेली (भिडियाे)

सभागृहमा आयोजित कार्यक्रमा शहिदको सम्झनामा मौन धारण गर्दै प्रधानमन्त्री केपी शर्मा अोली। तस्बिर:सुजन श्रेष्ठ/नागरिक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा. गोविन्द केसीको अनशन प्रति नै शंका गरेका छन्।

सोमवार काठमाडौमा आयोजित ४० औं पुष्पलाल स्मृति सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘डा.केसी जुम्लाको कभर्ड हलमा ४ दिन अनशन बसेपछि अस्पताल लगिएको हो। त्यहाँ स्वास्थ्य बिग्रीयो भनेपछि काठमाडौ ल्याइएको हो। उहाँ जुम्लामा पनि अस्पतालमा, काठमाडौ ल्याएपछि पनि अस्पतालमै हुनुहुन्छ।’

‘अनशन बस्ने डा. केसी, कायम राख्ने अरु, विरामी पर्ने डा. केसी, उपचार गर्न नदिने अरु, यो के तमासा हो?,’ प्रधानमन्त्री ओलीले भने, ‘सत्याग्रह पाखुरा बटारेर हुन्छ?’

‘अनशन बस्ने डा. केसी, कायम राख्ने अरु, विरामी पर्ने डा. केसी, उपचार गर्न नदिने अरु, यो के तमासा हो?,’ प्रधानमन्त्री ओलीले भने, ‘सत्याग्रह पाखुरा बटारेर हुन्छ?’

प्रधानमन्त्रीले डा. केसीको अनशनमाथि शंका गर्दै भने, ‘रक्त परीक्षण गर्यो भने के बिग्रीन्छ? रक्तचाप नाप्न नदिने, नाडी अरु डाक्टरले हेर्न नहुने? अरु डाक्टरलाई पस्न नदिने? अरुलाई छुनै नदिने?’

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसी गएको २४ दिनदेखि आमरण अनशनमा छन्। जुम्लामा २० दिन अनशन बसेपछि उनलाई सरकारले जवरजस्ती काठमाडौ ल्याएपछि पनि केसीले अनशन जारी राखेका छन्। केसीका माग सम्बोधन गर्न वार्ता समिति बनाइए पनि द्विपक्षीय वार्ता हुनसकेको छैन।

प्रकाशित: ७ श्रावण २०७५ १०:४७ सोमबार

पाखुरा बटारेर सत्याग्रह हुन्छ अाेली भिडियाे