स्वास्थ्य

तिलगंगा आँखा अस्पताललाई सरकारको १० करोड

सन्दुक रुइतलाई चेक हस्तान्तरण गर्दै मन्त्री यादव। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले तिलगंगा आँखा अस्पताललाई १० करोड प्रदान गरेको छ। उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले अस्पतालका प्रमुख सन्दुक रुइतलाई मंगलबार १० करोड रकमको चेक हस्तान्तरण गरे। सरकारको सहयोगपछि सर्वसाधारणले आँखाको उपचार अझै सहुलियतमा गर्न सकिने बताइएको छ।

नवीन्द्रराज जोशी उद्योगमन्त्री रहेको बेला तिलगंगालाई उक्त रकम दिने निर्णय गरिएको थियो। आँखाको लेन्स उत्पादन गर्दै आएको अस्पतालका आवश्यक मेसिन तथा सामाग्रीहरु खरिदको लागि उक्त रकम सरकारले उपलब्ध गराएको हो। तिलगंगामा उत्पादन भएका आँखा उपचारका लेन्स विदेशसमेत निर्यात हुने गर्छन्।

प्रकाशित: २५ वैशाख २०७५ ०७:५८ मंगलबार

तिलगंगा आँखा अस्पताललाई सरकारको १० करोड