स्वास्थ्य

प्रधानमन्त्रीको आग्रह- सचेत बनौँ, मिर्गौलाको रक्षा गरौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला बिग्रन नदिनका लागि सही जीवनशैली अपनाउन आग्रह गरेका छन्।

'सन्तुलित आहार, नियमित स्वास्थ्य परीक्षण, शारीरिक सक्रियता, पर्याप्त पानी सेवन र अनुशासित जीवनशैली अपनाएर मिर्गौलालाई सुरक्षित राख्न सकिन्छ। मिर्गौलाको स्वास्थ्य हाम्रो हातमा छ– सचेत बनौँ, मिर्गौलाको रक्षा गरौँ,' प्रधानमन्त्री ओलीले बिहीबार (आज) साँझ सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

मिर्गौलाको सुरक्षा स्वास्थ्यका लागि कति संवेदनशील छ भन्ने कुराबारे आफैँ बढी अनुभवी भएको उल्लेख गर्दै उनले भनेका छन्, 'जब मिर्गौलाजस्तो महत्त्वपूर्ण अङ्ग कमजोर हुन्छ, तब जीवन नै सङ्घर्षपूर्ण बन्छ।'

आज विश्व मिर्गौला दिवस भएको उल्लेख गर्दै उनले सरकारले निःशुल्क डायलासिस सेवा उपलब्ध गराउँदै आएको पनि स्मरण गराएका छन्।

प्रधानमन्त्री ओली आफैँ मिर्गौलापीडित हुन्। उनले पटकौं मिर्गौला प्रत्यारोपन गरिसकेका छन्।

प्रकाशित: २९ फाल्गुन २०८१ १८:५९ बिहीबार

#kp oli