स्वास्थ्य

अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशमै दोस्रो

उत्कृष्ट कार्य सम्पादन गरेपछि अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशकै दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ। न्यूनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रम (एमएसएस) अन्तर्गत अर्घाखाँची अस्पतालको अनुगमन मूल्यांकन तथा समीक्षा गर्न प्रदेशबाट आएको विज्ञहरूको टोलीले अस्पतालले प्रदेशमै दोस्रो स्थान प्राप्त गरेको घोषणा गरेको छ।

प्रदेशका १३ अस्पताल अनुगमन मूल्यांकन गर्दा अर्घाखाँची अस्पतालले ९४ अंक प्राप्त गरेको छ भने मूल्यांकनमा बर्दिया अस्पताल ९७ अंक प्राप्त गरी पहिलो स्थानमा छ। कार्यक्रम लुम्बिनी प्रदेश, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको कार्यक्रममा प्रदेशका पदाधिकारी, जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठलगायतले उत्कृष्ट कार्य सम्पादन गरी अस्पतालको गरिमालाई उचाइमा पु¥याएको भन्दै अस्पताल परिवारलाई धन्यवाद दिएका थिए।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारी तथा सम्पूर्ण स्वास्थ्यकर्मीलाई सेवा प्रवाहमा चुस्ततासँगै मुस्कानसहितको सेवा प्रदान गर्न आग्रह गरिएको छ। अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीले अस्पतालले ५० शड्ढयाको मान्यता पाए पनि १५ शड्ढयाकै शैलीमा चलिरहेको गुनासो गरे। भौतिक संरचना निर्माण र दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

प्रकाशित: ७ फाल्गुन २०८१ १०:४३ बुधबार

# Nagarik # Utkrist karya sampadan