स्वास्थ्य

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा.पण्डित नियुक्त

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा.डा.रामनरेश पण्डित नियुक्त भएका छन् ।

प्रतिष्ठानका तत्कालीन रेक्टर डा.अंकुर साहलाई उपकुलपति बनाएपछि रिक्त सो पदमा डा.पण्डित नियुक्त भएका हुन् । नवनियुक्त डा.पण्डितले आइतबार पदभार ग्रहण गरेका छन् ।

डा.पण्डितले यसअघि प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरका निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिष्ठान ऐनमा उपकुलपतिको सिफारिसमा सहकुलपतिबाट रेक्टर नियुक्त हुने प्रावधान छ । जसअनुसार उपकुलपति डा.साहले डा.पण्डितलाई सहकुलपति समेत रहेका प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहसमक्ष सिफारिस गरेका थिए । रेक्टरको कार्यकाल पाँच वर्षको रहने व्यवस्था छ।

मधेस प्रदेश सरकारको स्वामित्वमा रहेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले हाल जनरल सर्जरी, गाइनो र इन्टरनल मेडिसिनमा स्नात्तकोत्तरको अध्यापन गराइरहेको छ ।

सरकारले मधेसको गौरवको योजनामा राखेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले छोटो समयमै ठूलो उपलब्धि प्राप्त गरेको दाबी गर्दै आएको छ । रेक्टरको नियुक्ति भएसँगै एमबिबिएसको अध्यापनमा सहज हुने विश्वास लिइएको छ ।

प्रकाशित: ६ माघ २०८१ १५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App