स्वास्थ्य

चिकित्सक सङ्घ चितवन शाखामा डा. नेपाल

नेपाल चिकित्सक सङ्घ चितवन शाखाको अधिवेशनले डा. उमेश नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको वरिष्ठ उपाध्यक्षमा डा दीपेन्द्र न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन।

समितिको उपाध्यक्षमा डा. नवराज लामिछाने, सहसचिवमा डा. वसन्त शर्मा, कोषाध्यक्षमा डा. विवेक कँडेल र सह–कोषाध्यक्षमा डा. सञ्जय पौडेल सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकारी डा. प्रकाश खतिवडाले जानकारी दिए। सचिव पदमा सर्वसम्मत हुन नसकेकाले नयाँ कार्यसमितिले आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको छ।

समितिको सदस्यहरुमा डा. सुरेशकुमार दीप, डा.कृष्णप्रसाद रेग्मी, डा. पुष्पराज खनिया, डा. सुन्दर गौतम र डा. आविष्कार चापागाईं चयन भएका छन्।

प्रकाशित: २४ कार्तिक २०८१ १३:३८ शनिबार

#Nepal Medical Association Chitwan Branch #Dr Umesh Nepal