स्वास्थ्य

रगत सङ्कलनमा कमी आएसँगै प्लेटलेट रिच प्लाज्माको माग बढ्यो

डेंगुको सङ्क्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ। बाढी,पहिरो, डेंगु र चाडबाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन सुरु भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले अहिले दैनिक रुपमा माग पनि दशैँ तिहारले गर्दा पहिलाको तुलनामा संकलन र माग कम भएको बताए। उनले अहिले डेंगु बढेकाले प्लेटलेट रिच प्लाज्माको भने माग बढेको बताए। उनले प्लेटलेटको माग दिनानुदिन बढ्दै गए पनि दशैँ,तिहार जस्ता चाडपर्वले मानिसहरू घर जाने र रगत संकलन कम हुने गर्दा माग पूरा गर्न कठिनाइ भइरहेको जानकारी दिए। उनले रातो रगत, होल ब्लडहरू भने रेडक्रससँग पर्याप्त रहेको बताए।

उनले पिआरपीको लागि प्रत्येक दिन ताजा रगतको आवश्यक पर्ने तर रक्तदान गर्नेहरूको कमीका कारण माग पूरा गर्न कठिन भएको जानकारी दिए। उनले एक जना बिरामीको लागि ७ वटासम्म पिआरपी माग हुने गरेको बताए।अहिले रेडक्रसले ७० प्रतिशतसम्म माग पूरा गर्न सकेको पनि बताए। निर्देशक गुप्ताले डेंगु बढेका कारणले पिआरपीको माग बढिरहेको भन्दै पिआरपीको माग सम्बोधन गर्न दैनिक रुपमा रगत संकलन गर्नुपर्ने बताए। नजिक र पायक पर्ने ठाउँमा रक्तदान गर्न पनि रेडक्रसको तर्फबाट आह्वान गरे ।

उनले बढी रगत सङ्कलनका लागि आवश्यक पहलकदमी भइरहेको पनि बताए। उनले डेंगुको महामारी जारी रहेकाले रगतको अभाव भइरहेको भन्दै सबैले रक्तदान गर्न आह्वान गरे। प्रत्येक दिन एक सयदेखि डेढ सय युनिट रगत प्लेटलेट बनाउन ब्यागमा रगत संकलन गरिरहेको बताए। 

प्रकाशित: २ कार्तिक २०८१ १४:२८ शुक्रबार

#Nepal Red Cross Society #dengue infection