स्वास्थ्य

के हो कलेजोमा बोसो जम्ने समस्या, जसले कलेजोको क्यान्सर गराउँछ!

कलेजोमा बोसो जम्ने अवस्थालाई फ्याटी लिभिर भनिन्छ। पछिल्लो समय फ्याटी लिभर वा कलेजोमा बोसो जम्ने समस्या बढेको छ। यो समस्यालाई बेवास्था गर्नेको संख्या पनि बढी छ। जसले गर्दा कलेजोको क्यान्सरका बिरामी बढेका छन्। किन जम्छ कलेजोमा बोसो यसबाट कसरी बच्ने कलेजो रोग विशेषज्ञ डा.अनन्त श्रेष्ठ यसो भन्छन्ः

फ्याटी लिभर भनेको कलेजोमा बोसो जम्ने समस्या हो। अस्वस्थ खानपान, ब्यस्त जीवन शैली र मोटोपनका कारण यो समस्या दिनानुदिन बढीरहेको छ। एउटा साधारण मानिसमा उसको कलेजोको साइज अनुसार लगभग ५ प्रतिशत भन्दा कम बोसो जमेको छ भने यसलाई सामान्य रुपमा लिइन्छ। तर सो भन्दा बढी बोसो भएको अबस्थालाई फ्याटी लिभर भएको भनिन्छ। यो रोग तत्काल ज्यानै लिने जटील प्रकृतिको भने हैन् तर बेवास्ता गर्दा यसले कलेजो ड्यामेज गराउने, कलेजोको क्यान्सर गराउने समेत गम्भीर अवस्था सृजना गर्छ।

कलेजोमा बोसो जम्ने प्रमुख कारणः

अस्वस्थ खानपान

बढी तौल

निस्क्रिय जीवन शैली

बढी मध्यपानको सेवन

मधुमेह

हेपाटाइटीस सी

दीर्घ रोगको लामो समय औषधि सेवन गर्दा पनि यस्तो समस्या देखिन सक्छ

फ्याटी लिभरका लक्षणः  

फ्याटी लिभर हुने वित्तिकै लक्षण देखा नपर्न सक्छ। यसको लक्षणहरु निकै ढिला मात्र देखापर्छ। यसको सुरुवाती चरणमा भने यसको अलावा पेटको दाहिने भागमा दुख्ने, गाह्रो हुने, खाना मन नलाग्नु, बान्ता हुनु, जीउ आलस्य हुनु, मुख नमिठो हुनु, आदि हुन्छ। र, क्रोनिक अवस्थामा पुग्यो भने खुट्टा सुन्निने, हिँडडुल गर्न गाह्रो हुने हुन्छ। पहिले पहिले फ्याटि लिभर ढल्कदो उमेरका मानिसमा मात्र हुन्छ भन्ने थियो तर जंगफुडहरुको प्रयोग, सक्रियता कम भएका कारणले पनि हाल यो बच्चाहरुमा पनि देखिने क्रम बढ्दो छ।

यसबाट बच्ने उपायः

तौल नियन्त्रण गर्ने

मध्यपान नगर्ने

सक्रिय जीवन शैली अप्नाउने

स्वस्थ खानपान खाने  

नियमित व्यायम गर्ने

यदि केलेकोजोमा बोसो जमिसकेको छ भने बोसो पुरै कलेजोभरी फैलियर जमेको छ वा कुनै भागमा मात्र थुप्रिएर बसेको छ एक्सरे गरि हेरेर कलेजो विशेषज्ञको सल्लाहा बमोजिम हटाउने प्रक्रिया अबलम्बन गर्नु पर्छ। साथै के कारणले त्यो जमेको हो त्यो पत्ता लगाई निधान गर्नुपर्छ। अन्यथा यसले कलेजो क्यान्सर समेतको।

प्रकाशित: २७ आश्विन २०८१ १७:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App