स्वास्थ्य

मिर्गौला पीडितका लागि छ लाख सङ्कलन

देवघाट गाउँपालिका–२ नरम निवासी मिर्गौला पीडित ४९ वर्षीय यमबहादुर थापाको उपचारका लागि छ लाख सङ्कलन भएको छ। तीन वर्षदेखि सञ्चालित ‘यमबहादुर थापा बचाऊ’ अभियानबाट उक्त रकम सङ्कलन भएको हो।

अभियानका संयोजक हीरा थापाका अनुसार स्वदेश तथा विदेशमा रहेका नेपालीले उक्त रकम प्रदान गरेका हुन्। 

कछार सेवा सरोकार समाजका अध्यक्ष खड्क मगरले यमबहादुरको उपचारका लागि देवघाटका विद्यालय, युवा क्लव, टोल विकास संस्था, आमा समूह तथा विभिन्न सङ्घसंस्थासँग पनि अनुरोध गरेका थिए। रासस

प्रकाशित: २६ आश्विन २०८१ १७:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App