स्वास्थ्य

कोशी प्रदेशभर आँखा उपचार सेवा विस्तार गर्ने तयारी

कोशी प्रदेश सरकारले आँखा रोग उपचार प्रदेशभर विस्तार गर्ने तयारी थालेको छ।

आँखा उपचार सेवालाई प्रदेशभर बिस्तार गर्ने विषयमा शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर आँखा अस्पताल, नेपाल नेत्र ज्योति संघ, मन्त्रालयका सचिवसहितका सरोकारवालाहरुसँग छलफल गरेका छन्।

कोशी प्रदेशमा स्मार्ट भिजन ग्लासको प्रयोगलाई नमुनाको रुपमा कसरी लैजान सकिन्छ र प्रदेशका दुर्गम जिल्लाहरुमा आँखा उपचार सेवा पुर्‍याउने विषयमा छलफल भएको छ।

गायिका मेनुका पौडेलले प्रयोग गरेको स्मार्ट भिजन ग्लास प्रदेशका दृष्टिविहिनहरुलाई प्रयोग गर्ने गरी नमुना कार्यक्रम सुरु गर्ने विषयमा छलफल भएको छ।

मोबाइल सहित करिब १ लाख रुपैयाँ पर्ने यो स्मार्ट भिजन ग्लासको प्रयोगले दृष्टिविहिनहरुको जीवन सहज बनाउन र उनीहरुलाई काम गर्न समेत सहयोग पुग्ने जनाइएको छ।

तिहार अघि नै तीन जना प्रदेश दृष्टिविहिनहरुलाई यसको प्रयोग गर्ने गरी विराटनगर आँखा अस्पतालले तयारी सुरु गरेको जनाएको छ।

छलफलमा नेत्रज्योति संघ प्रदेशका अध्यक्ष श्यामसुन्दर उदास, विराटनगर आँखा अस्पतालका अध्यक्ष पदमनारायण चौधरी, स्वास्थ्य सचिव डा. राधिका थपलियालगायतको सहभागिता थियो।

प्रकाशित: १८ आश्विन २०८१ २०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App