स्वास्थ्य

नवरात्रमा व्रत बस्दा स्वास्थ्यको ख्याल गरौँ

हिन्दुहरूको महानपर्व बडा दसैँ आजदेखि सुरु भएको छ। दसैँको नौ दिनलाई नवरात्री पनि भन्ने गरिन्छ। माँ दुर्गाको नौ रुपलाई विशेष आराधनाका साथ दसैँमा पुजाअर्चना गर्ने गरिन्छ। यो नौ दिनसम्म माता दुर्गा भवानीको व्रत पनि बस्ने गरिन्छ।

धार्मिक मान्यता र आचरणमा रहेर व्रत बस्दा स्वास्थ्यमा पनि फाइदा हुने विज्ञानद्वारा प्रमाणीत भइसकेको छ। तर, व्रत बस्नु राम्रो हुन्छ भन्दैमा सबै जना व्रत बस्नु ठीक होइन। स्वास्थ्य अवस्था ठीक नहुँदानहुँदै पनि कतिपय व्रत बस्ने गर्छन्। अस्वस्थ अवस्थामा व्रत बस्नु हानिकारक हुन सक्छ।

यसबाहेक बच्चा, वृद्ववृद्वा र गर्भवती महिला पनि व्रत बस्नु हुँदैन। साथै सही तरीकाले व्रत नबस्दा अनेक रोगहरूले आक्रमण गर्न सक्छ। जस्तैं सोरायसीस्, पेट सुन्निने, एक्जिमा आदी। अहिलेको अवस्थामा कोरोना महामारीका कारण व्रत बस्दा विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ। कारण सबैले थाहा पाएको कुरा हो की शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुपर्छ। त्यसकारण अहिलेको समयमा व्रत बस्दा हरेक पक्षको ध्यानमा दिनु आवश्यक छ।

दीर्घरोगीहरु जस्तै मधुमेहका रोगीहरूले समय समयमा खाना र औषधि खानु पर्ने हुँदा यस्ता व्यक्ति व्रत बस्नु हुँदैन। उच्च रक्तचाप वा मुटु सम्बन्धी समस्या भएकाहरूले पनि व्रत बस्नु हुँदैन। किनकी जसलाई उच्च रक्तचाप हुन्छ र मुटु सम्बन्धी समस्या हुन्छ व्रताका कारण उसको शरीरको सम्पूर्ण गतिविधि नै बिग्रन सक्छ। साथै मुटु सम्बन्धी समस्या भएका व्यक्तिले व्रत बस्दा शरीर कमजोर हुन थाल्छ।

यसैगरी मिर्गौला सम्बन्धी समस्या भएका व्यक्तिले पनि व्रत बस्नु हुँदैन। किनकी मिर्गौैलामा समस्या भएका व्यक्तिले व्रत बस्दा थप जटिलता आउने हुन्छ।

रक्तअल्पत्ता भएकाहरूले पनि व्रत बस्नु उचित हुँदैन। किनकी रक्तअल्पत्ता भएका व्यक्तिले व्रत बस्दा थकान र कमजोरी हुन्छ। यस्तै कलेजो सम्बन्धी समस्या भएका व्यक्तिले पनि व्रत बस्नु हुँदैन।

भर्खरै शल्यक्रिया गरेका व्यक्तिहरूले पनि व्रत नबस्दा राम्रो हुन्छ। गर्भवतीले पनि व्रत बस्नु हुँदैन। किनकी गर्भावस्थामा शरीरलाई पौष्टिक आहारको आवश्यता बढी हुन्छ। यो समय आमाको साथै गर्भमा रहेको बच्चामाथि पनि प्रभाव पर्ने हुँदा गर्भवतीले व्रत बस्नु हुँदैन। भर्खर शिशु जन्माएका सुत्केरीले पनि व्रत बस्नु हुँदैन। किनकी यो समयमा तपाईँले बच्चालाई स्तनपान गराउनु पर्ने हुँदा कमजोरी हुन सक्छ र शरीरमा पौष्टिक तत्वको कमी हुन सक्छ। त्यसैले यी अवस्था र समस्या छ भने व्रत नबस्नु होला।

त्यसबाहेक व्रत बस्नेहरूले आफ्नो स्वास्थ्यको विशेष ख्याल राखेर व्रत बस्नु राम्रो हुन्छ।  व्रत बस्नेले आफ्नो स्वास्थ्यको ख्याल गरेन भने विभिन्न समस्या देखिन सक्छ। जस्तै, रिङ्गाटा लाग्ने, बेहोस हुने, शरीरमा पानीको मात्रा कम भएर डिहाइड्रेसन हुने, रगतमा चीनिको मात्रा कम हुने, रक्तचाप कम हुने आदी।

भगवानका नाममा दिनभर पानी समेत नखाइ व्रत बस्नु स्वास्थ्यको लागि राम्रो होइन। आफ्नो शरीरले सहन सक्ने किसिमले व्रत बस्दा राम्रो हुन्छ।

 

(डा.रक्षा गौतमसँगको कुराकानीमा आधारित)

प्रकाशित: १७ आश्विन २०८१ १०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App