स्वास्थ्य

पोषण सामग्रीको प्याकेट बोकेर फुङलिङ–८ का जनप्रतिनिधि सुत्केरीका घरघरमा

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ८ का जनप्रतिनिधिहरु पोषण सामग्री बोकेर वडाभरीका सुत्केरी सदस्य सम्म पुग्न थालेका छन्।

वडाले सुत्केरी सदस्यलाई पोषण सामग्री र मृतक परिवारका सदस्यलाई क्रियाखर्च उपलब्ध गराउने गरी चालू आवका लागि बजेट विनियोजन गरेको थियो।

पूर्व स्वीकृत घोषित र कार्यक्रम अनुसार चालू आवको स्वीकृत बार्षिक बजेट कार्यान्वयनमा ल्याउने क्रममा सुत्केरीलाई घर–घरमै पुगेर पोषण सामाग्री बितरण गर्न थालिएको फुङलिङ नगरपालिकाको सामाजिक विकास समितिका संयोजक समेत रहेका वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिए।

वडाभरीका सुत्केरीहरुलाई जनही ५ हजार रुपैयाँ बराबरको पोषण सामग्री लिएर वडाका पदाधिकारीहरु सुत्केरी सदस्यको घर–घरमै जाने कार्यक्रम आव २०८१/८२ को बजेटमा स्वीकृत गरेको थियो।

एउटा कुखुरा, घिउ, अण्डा, हर्लिक्स, चना, मटर, ज्वानो, तेल, साबुनसहितका सामग्रीको प्याकेट लिएर वडाका जनप्रतिनिधिहरु स्वास्थ्यलाभको कामना सहित सुत्केरी सदस्यकै घरमै पुग्न थालेका हुन्।

वडाले वडाभरीका नागरिक मृत्यु भएमा काजक्रिया अवधिमै मृतक सदस्यका आफन्तलाई नगद १० हजार रुपैयाँ समेत सहयोग गर्ने कार्यक्रम तय गरेको छ।

प्रकाशित: २५ भाद्र २०८१ १२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App