स्वास्थ्य

बाल अस्पताल निर्माण अभियानप्रति प्रधानमन्त्री सन्तुष्ट

‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ ले बाल स्वास्थ्य क्षेत्रमा चलाएको अभियानप्रति प्रधानमन्त्री केपी शर्मा ओली सन्तुष्ट रहेको प्रधामन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार सोमबार काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको समूहसँगको भेटपछि प्रधानमन्त्री ओलीले संस्थाको कार्यप्रति सन्तुष्टि प्रकट गरेका थिए।

प्रधानमन्त्री ओलीले डा. भगवान् कोइरालासहितको समूहलाई भेटेर बाल अस्पताल अभियानको प्रगति विवरण लिएका थिए।

विवरणका क्रममा यो अस्पतालले पैसा नहुनेका लागि पनि सेवा दिने र सरकारी अस्पतालसरहकै शुल्कमा सेवा प्रदान गर्ने, सातै प्रदेशमा सेवा विस्तार गर्ने विवरण पेस गरको थियो।

प्रकाशित: २० भाद्र २०८१ १०:०६ बिहीबार