स्वास्थ्य

वीर अस्पतालकी नर्सिङ इन्चार्ज रेग्मीको निधन

वीर अस्पताल ईन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन भएको छ।

वीर अस्पतालमै बिहीबार दिउँसो उपचारका क्रममा उनको निधन भएको हो।

अस्पतालका अनुसार साँघुरिएको मुटुको भल्भको एन्जीयोप्लास्टी गरिसकेपछि अचानक स्वास्थ्यमा समस्या आउँदा उनको मृत्यु भएको जनाएको छ।

यतिबेला वीर  अस्पताल स्तब्ध भएको छ।

प्रकाशित: १४ भाद्र २०८१ १३:३४ शुक्रबार

#Beer Hospital #Subhadra Regmi