स्वास्थ्य

रोगव्याधी नियन्त्रणका लागि स्वास्थ्य चेतना विस्तार गर्न माग

फाइल तस्बिर

राष्ट्रियसभाको बिहिबारको बैठकको शुन्य समयमा सांसदहरुले डेंगी, झाडापखाला लगायतका रोगव्याधी नियन्त्रणका लागि शुद्ध खानेपानी, जनचेतनाको विस्तार एवं स्वास्थ्यसम्बन्धी ज्ञानको विस्तारका लागि सरकारको ध्यानाकर्षण गरेका छन् ।

शुन्य समयमा बोल्दै सांसद इन्दिरादेवी गौतमले वर्षायाममा महामारीजन्य रोगहरु जस्तै डेंगी, झाडापखाला, सर्पदंश न्युनीकरण गर्नुपर्ने, शुद्ध खानेपानी, औषधी उपचारको अभाव हुन नदिन सरकारले व्यवस्था मिलाएर सहज वातावरण बनाउन आग्रह गरिन।

सांसद गंगाकुमारी बेलवासेले पछिल्लो समय तीजका गीत र नाचमा विकृति विसङ्गति बढेको भन्दै त्यसको नियन्त्रणका लागि सबैले पहल गर्नुपर्ने धारणा राखिन । सांसद गोपीबहादुर सार्की अछामीले उदयपुरको कटारी नगरपालिका कोशी, मधेश र बागमती प्रदेशको केन्द्र पर्ने भएकाले प्रस्तावित मेडिकल कलेज स्थापना गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसदहरु गोपाल भट्टराई, जगप्रसाद शर्मा र तुलसाकुमारी दाहालले स्थानीय तथा राष्ट्रिय एवम् समसामयिक समस्या समाधानका लागि सरकारसँग माग गरे ।  

प्रकाशित: १३ भाद्र २०८१ १४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App