स्वास्थ्य

बिमा सेवा व्यवस्थित छैन: मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बिमा सेवालाई व्यवस्थित गर्ने काम भइरहेको बताएका छन् ।

बुधवार भक्तपुर क्यान्सर अस्पतालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो कुरा बताएका हुन ।  उनले अहिले प्राप्त बिमा सेवा व्यवस्थित नरहेकाले मन्त्रालयले त्यसबारेमा आवश्यक पहल लिइरहेको बताए। उनले बिमा रकमको सीमालाई बढाएर पाँच लाख रुपैयाँ पुर्‍याइने बताए।

स्वास्थ्य मन्त्रालयले बिमाको सीमालाई बढाएर पाँच लाख रुपैयाँ पुर्‍याउने घोषणा गरेको बताए । उनले सो घोषणालाई सरकारको नीति बनाउने बताए । उनले स्रोत जुटाउनका लागि सरकारले उपलब्ध गराएको स्वास्थ्य सुविधालाई एकीकृत ढङ्गबाट बिमामा समायोजन गर्नु जरुरी रहेको बताए ।

उनले संघ, प्रदेश र स्थानीय सरकारले जनतालाई स्वास्थ्य सुविधा उपलब्ध गराउन गरेको खर्च बिमा बोर्डमार्फत एकीकृत प्रणालीबाट  गर्नुपर्ने बताए।उनले आवश्यकताभन्दा बढी चिनीको मात्रा भएका उत्पादित वस्तुहरूमा चिनी कर लगाएर आउने सम्पूर्ण रकम बिमामा लगाउनुपर्ने बताए । उनले विशिष्ट कृत सेवा सरलीकृत ढङ्गबाट सस्तोमा प्राप्त गर्ने उपाय भनेको बिमा मात्रै भएको भन्दै बिमालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । 

प्रकाशित: १२ भाद्र २०८१ १९:०७ बुधबार

#Health insurance #Bhaktapur Cancer Hospital #Health and Population Minister Pradeep Paudel