पछिल्लो समय अफ्रिकी मुलुकमा तीव्र गतिमा फैलिँदै गएको एमपक्स स्वीडेनमा पनि फेला परेको छ।
स्वीडेनको पब्लिक हेल्थ एजेन्सीका महानिर्देशक ओलिभिया भिगजेलले अफ्रिकी क्षेत्रबाट फर्केका एकजना व्यक्तिमा एमपक्सको सङ्क्रमण पुष्टि भएको बताइन्।
यसैबीच, संयुक्त राष्ट्र सङ्घले एमपक्सको फैलिने गतिलाई लिएर चिन्ता व्यक्र गरेको छ। बिहीवार विश्व स्वास्थ्य सङ्गठनले एमपक्सलाई स्वास्थ्य आपतकाल घोषणा गरेको विषयलाई दोहोर्याउँदै सङ्घले अफ्रिका बाहिरका मुलुकमा एमपक्स फैलिने जोखिमको सम्भावनालाई लिएर चेतावनी दियो।
अफ्रिकी मुलुकमा हालसम्म १७ हजारभन्दा बढीमा एमपक्स पुष्टि भएको छ भने ५१७ जनाको मृत्यु भइसकेको छ। यो वर्ष अर्थात् सन् २०२४ मा हालसम्म विश्वका १३ मुलुकमा एमपक्सको सङ्क्रमण फेला परेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।
प्रकाशित: ३२ श्रावण २०८१ ०९:४६ शुक्रबार