स्वास्थ्य

डब्ल्यूएचओद्वारा मङ्कीपक्सलाई सार्वजनिक स्वास्थ्य आपातकाल घोषणा

विश्व स्वास्थ्य सङ्गठनले एमपक्स (मङ्कीपक्स) लाई सार्वजनिक स्वास्थ्य आपातकाल घोषणा गरेको छ।

अफ्रिकाका केही मुलुकहरूमा एमपक्स फैलिन थालेपछि सङ्गठनले यस रोगलाई लिएर अन्तराष्ट्रिय चिन्ताको विषय भएको बताएको छ।

मङ्कीपक्स एक प्रकारको सङ्क्रामक रोग हो। जसलाई पहिले मङ्कीपक्सको नामले चिनिन्थ्यो।  

सङ्गठनका अनुसार अफ्रिकाको कङ्गोमा एमपक्का कारण हालसम्म ४५० जनाको मृत्यु भइसकेको छ।

अब एमपक्स मध्य र पूर्वी अफ्रिकामा पनि तीव्र गतिमा फैलिन थालेको सङ्गठनले बताएको छ। साथै तीव्र गतिमा फैलिँदै गर्दा नयाँ भेरिएन्ट र मृत्यु हुने दरमा पनि वृद्धि हुँदै जानेमा वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन्।

एमपक्स मानिसबीचको शारीरिक सम्बन्ध जस्तै एक अर्कालाई छुदा, नजिक आएर कुरा गर्दा, श्वास फेर्दा सर्ने गर्छ। यो रोग लागेमा छालामा खटिरा जस्तै आउने, रुखा लाग्ने जस्ता लक्षणहरू देखिने गर्छ।

प्रकाशित: ३१ श्रावण २०८१ ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App