सामाजिक सञ्जालको उपयोग गरी पाँचथरकी एक क्यान्सरपीडित महिलाको उपचारका लागि २७ लाखभन्दा बढी रकम सङ्कलन भएको छ।
फालेलुङ गाउँपालिका–६ ओगेम्बाकी ३५ वर्षीया सजिना राईको उपचारका लागि फेसबुकबाट २७ लाख ११ हजार चार सय २९ सङ्कलन भएको हो।
स्तन क्यान्सर पीडित सजिनाको उपचारमा आर्थिक अभाव भएपछि दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले फेसबुकमार्फत सहयोगको आग्रह गरेका थिए।
हालै सङ्कलित रकम सजिनालाई हस्तान्तरण गरिएको हो। प्राप्त रकमबाट उनले शल्यक्रिया गराउनु भएको छ। आफ्नो जीवन रक्षाका खातिर रकम प्रदान गर्ने सबैमा हार्दिक कृतज्ञता ज्ञापन गरेका छन्। -रासस
प्रकाशित: ३० श्रावण २०८१ ०९:०७ बुधबार