स्वास्थ्य

ताप्लेजुङका झन्डै २८ प्रतिशत बालबालिकामा अपाङ्गतासम्बन्धी समस्या

ताप्लेजुङका झन्डै २८ प्रतिशत बालबालिकामा अपाङ्गतासम्बन्धी समस्या देखिएको छ।

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार ताप्लेजुङमा १ हजार १ सय ४० बालिका र १ हजार ३७ जना बालक गरी कूल २ हजार १ सय ७७ जना बालबालिका रहेका छन्। यसमध्ये ५ सय ९७ जनाले अपाङ्गताको समस्या झेलिरहेका छन्। ती मध्ये ३ सय १६ बालक र २ सय ८१ बालिका रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। यहाँ सबैभन्दा बढी शारीरिक अपाङ्गताको समस्या झेलिरहेका बालबालिका देखिएका छन्। यस्तो अपाङ्गता झेलिरहेका २ सय ६३ जना बालबालिकामध्ये १ सय ३५ बालक र १ सय २८ बालिका रहेका छन्।

यस्तै २२ बालिका र १६ बालक गरी कूल कूल ३८ बालबालिका न्यून दृष्टीयुक्त अपाङ्गताको समस्या झेलिरहेका छन्। यहाँ ८२ जना बालबालिका पूर्ण दृष्टीबिहिन छन्। दृष्टीबिहिन हुनेमा ५२ बालक र ३० बालिका रहेका छन्। १३ बालिका र १२ बालक गरी २५ जना बहिरोपनको समस्याले ग्रसित हुँदा ११ बालक र ३ बालिका गरी १४ जना बालबालिका सुस्त श्रवण छन्।

१५ बालक र ९ बालिका गरी २४ जना श्रवण दृष्टीबिहिन अर्थात् कान पनि नसुन्ने र आँखा पनि नदेख्ने समस्या खेपिरहेका छन्। २० बालक र १० बालिका गरी ३० जना स्वर र बोलाई सहितको अपाङ्गता समस्यामा रहेका छन्। ५ बालक र ३ बालिका गरी ८ जना मानसिक वा मनोसामाजिक अपाङ्गता भएका छन् भने ३ बालक र ३ बालिका गरी ६ जना बौद्धिक अपाङ्गताको समस्यामा छन्।

४ बालक अनुवंशीय रक्तश्राव अर्थात् हेमोफेलियाको समस्यामा रहेका छन्। ३ बालिका र २ बालक गरी ५ जना अटिजम्को समस्याका कारण अपाङ्गताको समस्यामा छन्। ५७ बालक र ४१ बालिका गरी ९८ जना बहुअपाङ्गताको शिकार भएका छन्।

प्रकाशित: २९ श्रावण २०८१ ११:२६ मंगलबार

#Taplejung