स्वास्थ्य

बर्खायाममा किन धेरै पाक्छ कान ? यसरी गर्नुहोस् उपचार

बर्खायाममा धेरै मानिसमा कान पाक्ने समस्या हुन्छ। वर्खामा कान ओसिलो हुने हुनाले ढुसीको ईन्फेक्सन (ओटोमाइकोसिस) हुने समस्या हुन्छ। यो साझा समस्या हो।

कानभित्र बढी ओस हुने भएकाले यसले ढुसीको इन्फेक्सनलाई बढावा दिन्छ। वर्खायाममा मानिसहरु धेरै खेतवारीमा काम गर्ने गर्दछन्। उक्त समयमा धेरै वर्षासमेत हुने हुँदा कान भित्र पानी छिर्ने समस्या हुने गर्दछ। यसका अतिरिक्त गर्मी महिना भएकाले धेरै मानिसहरु पौडी खेल्नसमेत विभिन्न पोखरी तथा स्वीमिङ पुलमा जाने गर्दछन्। यो बाहेक पौडी खेल्न जाँदा कान भित्र पानी पसेर ईन्फेक्सन हुने सम्भावना बढी हुन्छ। 

कानको जाली फुटेको रहेछ भने झन् इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । पौडी खेल्न जाँदा, डाइभ हान्दा कानको जालीमा प्रेसर परेर जाली फुट्न सक्छ। वर्खाको समयमा धेरै कानका समस्याहरु आउने गरेका छन्। बच्चाहरुले ठूलो स्वरमा टिभी हेर्ने तथा बोलाएको नसुनेमा कानको समस्या भएको हुनसक्छ। यस्तो अवस्थामा कानको चेकजाँच गर्नु पर्छ।

कानको रोगका लक्षणहरु

–कान चिलाउने

–कान अत्याधिक मात्रामा दुख्ने

–कान डम्म हुने

–कान भित्रबाट पिप वा पानी वग्ने 

अधिकाशं मानिसले कान अत्याधिक मात्रामा चिलाउने, पाक्ने वा दुख्ने गर्यो भने नजिकको मेडिकलमा गएर औषधि किनेर हाल्ने वा तेल हाल्ने र कतिपय व्यक्तिले वडले कान कोट्याउने गरेको पाईन्छ। यसरी अनावश्यकरुपमा औषधि, तेल वा कान कोट्याउँदा कानभित्र रहेको जाली फुट्ने समस्या हुन्छ।

यसबाट कसरी बच्ने?

–पौडी खेल्न जाँदा एयरप्ल गलगाउने।

–पौडी खेल्दा कान छोप्ने।

–डाइभ भरसक नगर्ने।

–पौडी खेल्दै गर्दा कान दुख्ने, चिलाउने, भयो भने विशेषज्ञलाई देखाउने।

(नाक, कान, घाँटी विशेषज्ञ  डा.आनन्द घिमिरेको सहयोगमा)

प्रकाशित: १३ श्रावण २०८१ १५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App