स्वास्थ्य

नेपालगन्ज मेडिकल कलेजबाट तीन हजार बढी डाक्टर उत्पादन

लर्डबुद्ध एजुकेसनल एकेडेमी लिमिटेडअन्तर्गतको नेपालगन्ज मेडिकल कलेजबाट तीन हजार बढी डाक्टर उत्पादन भएका छन्। २०५४ सालबाट कलेजले एमबिबिएस पढाइ सुरु गरेको थियो। बाँकेको चिसापानीमा कलेजको संरचना रहेको छ।

स्थापनाकालदेखि हालसम्म कलेजबाट तीन हजार दुई सय ४२ जना विद्यार्थी एमबिबिएस उत्तीर्ण भइसकेका छन्, जसमा नेपालसहित भारत र श्रीलंकाका विद्यार्थी रहेका छन्।

यस्तै सन् २०१२ बाट कलेजमा सुरु भएको (एमडी/एमएस) अध्यापनबाट तीन सय ४४ जना विद्यार्थी उत्तीर्ण भएको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरका निर्देशक एवं प्राध्यापक डा. रेशमबहादुर रानाले जानकारी दिए।

उनका अनुसार कलेजबाट विद्यार्थीले फिजिसियन, सर्जन, हाडजोर्नी, नाक, कान, आँखासम्बन्धी रोगलगायत विभिन्न विषयमा एमडी÷एमएस उत्तीर्ण गरेका छन्। ‘एमडी÷एमएस पास गरेर यस क्षेत्रमा धेरै जनशक्ति उत्पादन भएका छन्’, प्रा.डा. रानाले भने।

यसैगरी कलेजबाट ५२ जना विद्यार्थीले बिएस्सी नर्सिङ विषय उत्तीर्ण गरिसकेका छन्। मेडिकल कलेजद्वारा सञ्चालित शिक्षण अस्पताल कोहलपुरमा हाल १३ वटा विभाग र करिब पाँचवटा विशिष्टकृत सेवा सञ्चालनमा रहेका छन्।

प्रकाशित: १२ श्रावण २०८१ ११:०८ शनिबार

#Nepalgunj Medical College