स्वास्थ्य

मनसुनमा बालबालिकाको स्वास्थ्यप्रति अभिभावकले ध्यान दिनुपर्ने कुराबारे जानी राखौं

यस वर्षको मनसुन नेपालको पूर्वी भागबाट भित्रिसकेको छ। तर, देशभर सक्रिय हुन अझै केही समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर, पूर्वी भू–भागसहित विस्तारै अन्य क्षेत्रमा पनि वर्षा हुने क्रम बढ्दै गएको छ।

मनसुन सुरु भएसँगै विभिन्न रोगको जोखिम पनि बढ्ने सम्भावना हुन्छ। विशेषगरी बालबालिकाको स्वास्थ्यलाई मनसुनमा विशेष ध्यान दिन आवश्यक हुन्छ।

मनसुनी पानीका कारण झाडापखाला, टाइफाइट, जन्डिस, भाइरल ज्वरो, निमोनिया, हैजा जस्ता रोगको जोखिम बढी हुने भएकाले मनसुनमा बालबालिकालाई सहजै सङ्क्रमण गर्न सक्छ। साथै, रुघाखोकी श्वासप्रश्वास सम्बन्धी समस्याले पनि यो मौसममा धेरै बालबालिकालाई दुःख दिइरहेको हुन्छ।

बालरोग विशेषज्ञ डा. आन्या शर्माका अनुसार मनसुनमा बालबालिकाको स्वास्थ्यलाई विशेष ध्यान दिँदै अभिभावकले यी महत्त्वपूर्ण कुरामा ध्यान दिन आवश्यक हुन्छः

झाडापखाला निरन्तर हुने वर्षाले हामी खानेपानीमा विभिन्न फोहोरहरू मिसिन सक्छन्। जसमा झाडापखालाका जिवाणु पनि हुन सक्छ। त्यस्तो पानी बालबालिकाले खाएमा उनीहरू सङ्क्रमित हुन्छन्।

यी लक्षण देखिए झाडापखाला भएको हुन सक्छः

-पातलो दिसा गर्ने,

-वान्ता हुने,

-शरीरमा पानीको मात्रा कमी हुने।

टाइफाइटका लक्षणः

-उज्च ज्वरो हुने,

-दुईतीन दिनसम्म ज्वरो आउँदा पनि अरू केही लक्षण नदेखिने,

-निरन्तर पखाला लाग्ने,

कसैकसैलाई पेट दुख्ने,

कसैकसैलाई वान्ता पनि हुने

जन्डिसका लक्षणः

जीउ आलश्य हुने,

-खान मन नलाग्ने,

-वाकवाकी लाग्ने,

-अलि दिनपछि आँखामा पहेँलो देखिने,

-पिसाब पेहेँलो आउने

रोकथामका उपायः

-घर र वरपरको सरसफाईमा ध्यान दिने,

-बालबालिकालाई पनि सफा राख्ने,

-पानी उमालेर वा निर्मलीकरण गरेर मात्रै खाने,

-बाहिरको खाने कुरा नखाने,

-बासी खाना नखाने,

-सफा र स्वस्थ खाना मात्रै खाने,

-खाना खानु अगाडि बच्चालाई राम्रोसँग हात धुन लगाउने,

-झाडापखाला भएमा जीवनजल खान दिने,

-प्रशस्त पानी खान दिने, जसले शरीरमा पानीको मात्रा पुरा गर्छ.

यति गर्दा पनि कम भएन भने तुरुन्त अस्पताल लैजाने

उपचारः

-झाडापखाला लागेमा जीवनजल खुवाउने,

-के कारणले झाडापखाला भएको हो सो अनुसार उपचार गर्नुपर्छ,

झडापखालासहित इन्फेक्सन छ भने एन्टिबायोटिक दिनुपर्ने हुन्छ।

सुझावः

यो मौसममा स्वास्थ्य र सरसफाईसम्बन्धी साधारण कुरामा पनि अविभावकले ध्यान दिनुपर्छ। कहिलेकाहीँ रुघाखोकी, झाडापखालाले जटिल रुप पनि लिने हुनाले सँधै सचेत रहनुपर्छ। वर्षात्को पानीमा धेरै प्रकारका किटाणु हुने भएकाले बालबालिकालाई उमालेको पानी मात्रै प्रयोग गरेर पिउन दिने।

प्रकाशित: ६ असार २०८१ ०९:१२ बिहीबार

#rain #health #mansoon #child care #jundise