स्वास्थ्य

स्वास्थ्य मन्त्रालयमा छुट्याएको ४.६४ प्रतिशत बजेट अत्यन्त न्यून भयो: सांसद केसी

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले स्वास्थ्य मन्त्रालयमा  कम्तीमा १० प्रतिशत बजेटको व्यवस्था हुनुपर्नेमा ४.६४ प्रतिशत अत्यन्त न्यून भएको बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले सो कुरा बताएका हुन।

उनले २०५५ सालदेखि २०८० सालसम्म २५ वर्षमा सरकारी स्वास्थ्य संस्थाहरू करिब ८ हजार रहेको बताए । उनले  नेपालमा जनसंख्या वृद्धि,स्वास्थ्य संस्थाहरूको वृद्धि भयो तर स्वास्थ्य क्षेत्रका जनशक्तिको दरबन्दी अहिलेसम्म वृद्धि नभएको बताए । उनले विभिन्न समयमा सरकारले एकै दिन ७५३ स्थानमा १५ शैय्याका अस्पताल उद्घाटन भए पनि जनशक्ति परिचालनको अवस्था चिन्ताजनक रहेको बताए। उनले  भौतिक संरचना र उपकरणको बारेमा पनि सरकारले सोच्न आवश्यक रहेको बताए । उनले  ३ करोड जनसंख्या भएको देशमा २ हजार भन्दा बढी डाक्टर नभएको भन्दै सरकारले स्वास्थ्य जनशक्तिको न्यूनता र अभावलाई तत्काल पूर्ति गर्न आवश्यक रहेको बताए । उनले हरेक गाउँ–गाउँमा स्वास्थ्यकर्मी पुर्‍याउन आवश्यक रहेको भन्दै दूर दराजमा स्वास्थ्य संस्था भए पनि जनशक्ति र सिटामोल सम्म नभएको बताए ।

उनले मुलुकको स्वास्थ्य अवस्थाको परिवेशबाट देशलाई उन्मुक्ति दिने गरी स्वास्थ्य क्षेत्रलाई प्रभावकारी परिचालन आवश्यक रहेको बताए । उनले काम गर्ने जोसका साथ स्वास्थ्य मन्त्री युवा आए पनि अहिलेको स्रोत साधन र जनशक्तिले काम गर्न खाेजे पनि सम्भव नभएको बताए । 

प्रकाशित: ३१ जेष्ठ २०८१ १४:५२ बिहीबार

#House of Representatives meeting #Nepali Congress MP Arjun Narsingh KC #Ministry of Health