यो पनि पढ्नुहोस्
पानी पिए स्वस्थ भइन्छ भन्ने कुरा हामी सवैले सुनेका छौ । गर्मीको बेला शरीरले नै बढी पानी मागिरहेको हुन्छ । तर कुन समयमा कति पानी पिउनु पर्छ भन्ने कुराबारे थाहा नहुँदा मानिसहरु अहिले पनि अन्योलमा छन् ।–१९औं शताब्दीताका कतिपय समाजका सम्भ्रान्त मानिसहरु बढी पानी पिउनुलाई खानाको अभाव या विपन्नतासित जोडेर हेर्थे। पानीले पेट भर्ने काम गरीबले मात्र गर्छन् या धेरै पानी पिउनु सम्पन्नहरूको सभ्यताविरोधी मानिन्थ्यो ।
–कतिले धेरै पानी पिउनाले छाला चम्किलो बन्ने र कतिपयले तौल घट्ने सुझाव दिन्छन् । मानिसहरू हरेक दिन कम्तीमा दुइदेखि चार लिटर पानी पिउने सल्लाह दिन्छन । यो नियम कसरी आयो ?
–सन् १९४५ मा अमेरिकी फुड एन्ड रिसर्च सेन्टरले एक वयस्क मानिसले एक हजार क्यालोरी पचाउन एक लिटर पानी पिउनुपर्ने सल्लाह दिएको थियो । यो भनेको हाम्रो बुझाइमा दैनिक दुई लिटर पानी पिउन सकिन्छ । दैैनिक दुइ लिटर पानी भनेको हामीले पिउने चिया, दुध, जुस जस्ता पेय पदार्थसहित दुई लिटर पानी पिउनु पर्छ भनिएको हो ।
–सन् १९७४ मा प्रकाशित फेडरिक स्टेयरकी न्युटे«सन फर गुड हेल्थ पुस्तकमा वयस्क मानिसले दैनिक आठ गिलास पानी पिउन सुझाव दिइएको छ । यो पुस्तकमा पनि अरु खानेकुरामा प्राप्त हुने पानीको मात्रा जोडेर पिउन सुझाव दिएको हो । शरीरमा कुल तौलको दुई तिहाइ पानीको भाग हुन्छ ।
–पानीले शरीरको खराव तत्व बाहिर निकाल्न भूमिका खेल्छ । हाम्रो शरीरको ताफक्रम नियमित राख्न र शरीरलाई नरम राख्ने काम पनि पानीले गर्छ । शरीरभित्र हुने रसायन पानीले बगाएर लैजान्छ । यसको साथै हाम्रो पसिना, पिसाब र श्वासको गन्ध पानीले नै बगाएर बाहिर निकाल्छ । यस कारण शरीरमा पानीको जतिबेला पनि आवश्यक हुन्छ । पानीको कमी भयो भने शरीरमा जलवियोजन हुन्छ ।
–तर प्यास लागेपछि मात्र पानी पिउनु गल्ती हो । प्यास लाग्नेबित्तिकै हामी चिया, कफी, चिसो पेय पदार्थ या अन्य पेय पदार्थ लिएर पनि पानीको कमी पूरा गर्न सक्छौं। तर यी पदार्थमा पाइने रसायनको असर भने भुल्नु हुँदैन ।
प्रकाशित: २३ जेष्ठ २०८१ १४:४६ बुधबार