स्वास्थ्य

सुधारिएको सुँगुरको मिर्गोला प्रत्यारोपण गरेका व्यक्तिको मृत्यु

तस्बिर: बीबीसी

आनुवंशिकरूपमा सुधारिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु भएको छ। 

६२ वर्षीय रिचार्ड रिक स्लेम्यानको शरीरमा दुई महिना अगाडि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो। 

मानव शरीरमा आनुवंशिकरूपमा सुधारिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको उनी विश्वकै पहिलो व्यक्ति हुन्। 

अमेरिकाका स्लेम्यानको दुई महिना अगाडि म्यासाचुसेट्स जनरल अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि चिकित्सकहरुले उनको शरीरमा राखिएको सुँगुरको मिर्गौलाले कम्तिमा पनि २ वर्ष काम गर्ने बताएका थिए। तर, उनको मृत्यु २ महिनामै भयो। 

चिकित्सकहरुले भने उनको मृत्यु प्रत्यारोपित मिर्गौलाका कारण नभएको बताएका छन्। अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने डाक्टरहरुको टिमले एक विज्ञप्ति प्रकाशित गर्दै स्लेम्यानको मृत्युबाट आफू निकै दु:खी बनेको जनाएको छ। 

आनुवंशिक रूपमा परिमार्जित सुँगुरहरूबाट अन्य अंगहरूको प्रत्यारोपण विगतमा असफल भएको भए पनि स्लेम्यानको शल्यक्रियालाई ऐतिहासिक कोशेढुङ्गाको रूपमा लिइएकाे थियाे । 

प्रकाशित: ३१ वैशाख २०८१ १४:४४ सोमबार

#Richard_Slayman #first_man #modified_pig_kidney_transplant