स्वास्थ्य

एमाले नेता रायमाझी चिकित्सकको निगरानीमा

नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ।

नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उनलाई उक्त सेन्टरमा भर्ना गरिएको थियो।

नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उनको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले उनलाई मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताए।

‘उनलाई रिँगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको हो’, डा. पौडेलले भने, ‘अहिले उनको मुटुको ईसिजी गरेर चिकित्सकको निगरानीमा राखिएको छ।’

उनको स्वास्थ्यमा कुनै समस्या नभए पनि मुटुको चाल मात्र कम भएको बताए। –रासस

प्रकाशित: १५ चैत्र २०८० १०:२८ बिहीबार

टोपबहादुर रायमाझी मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर चिकित्सकको निगरानी