स्वास्थ्य

आज यी अस्पतालमा दोस्रो चरणको पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदै

सरकारले आजबाट दोस्रो चरणको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउँदैछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ वर्षका किशोरकिशोरीलाई लक्षित गरी भदौ अन्तिम हप्तामा दिइएकोमा ६ महिना पछि दोस्रो मात्रा दिनुपर्ने भएकाले आजबाट लगाउन सुरु गरिएको हो।

मन्त्रालयले पहिलो मात्रा लगाएका किशोरीहरूले खोप कार्ड लिएर दोस्रो मात्रा लिनको लागि सम्बन्धित अस्पतालमा जान आग्रह गरेको छ।

मन्त्रालयका अनुसार आज कोशी प्रदेशमा कोशी अस्पताल विराटनगर, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज, कर्णाली प्रदेशमा प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेतमा खोप लगाइँदै छ भने बागमती प्रदेशमा परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल काठमाडौँमा भोलि र सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा अस्पतालमा चैत १५ गते खोप लगाइने छ। लुम्बिनी प्रदेशमा भने मंगलवारै खोप लगाइएको छ।

प्रकाशित: ७ चैत्र २०८० ११:३३ बुधबार

सरकार पाठेघरको मुखको क्यान्सर एचपिभी खोप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय