स्वास्थ्य

वीर अस्पतालमा शल्यक्रिया राेकियाे

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा अप्रेसनको लागि आवश्यक सामग्री नभएपछि सोमवार गर्ने भनिएको नियमित अप्रेसन रोकिएको अस्पताल स्रोतले जनाएको छ।

‘आज गर्ने भनिएको अप्रेसन सामान नभएर रोकियो’ वीर अस्पतालका एक सर्जनले भने।

अस्पतालमा एक सातादेखि सामग्री अभाव हुँदै गएकोमा सोमवार पुरै सकिएपछि आजको अप्रेसनको काम रोकिएको उनले जानकारी दिए। ‘सामग्री अभावले नियमित अप्रेसन रोकिएपछि अस्पतालले सोमवार नै आकस्मिक बैठक बस्न सुरु गरेको छ।

बजेट अभावको कारण अस्पतालको अप्रेसन थिएटरमा आवश्यक सामाग्री, रिएजेन्ट लगायतका सामग्री नभएपछि प्रयोगशालामा समेत सङ्कट परेको उनले जानकारी दिए। एक सातादेखि समस्या पर्दै गएकोमा सोमवार थप्पै भएको उनले बताए। 

प्रकाशित: २९ माघ २०८० १३:०० सोमबार

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताल अप्रेसन