स्वास्थ्य

समुदायमै पुगेर मिर्गौला परीक्षण

फाइल तस्बिर

नेपालमा मिर्गौलापीडितको संख्या बढ्दो छ। एक्कासि मिर्गौलाले काम गर्न छाडेपछि मात्रै थाहा पाउने व्यक्ति धेरै छन्। तनहुँको म्याग्दे गाउँपालिकाले मिर्गौला परीक्षणका लागि भने समुदायस्तरमै पुगेर शिविर सञ्चालन गरेको छ।
सर्वसाधारणलाई मिर्गौलासम्बन्धी सचेत गराउन समुदायस्तरमै पुगेर परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ। निःशुल्क शिविरमा तीन सय ५५ जनाको मिर्गौला परीक्षण गरिएको छ।

म्याग्दे ७ स्वामिधारमा आयोजित उक्त शिविरमा दुई सय २७ महिला र एक सय २८ पुरुषको मिर्गौला परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरेले जानकारी दिए।

‘स्वास्थ्य मिगौला, समृद्ध म्याग्दे गाँउपालिका’ नाराका साथ सुरु गरिएको उक्त शिविर माघ २३ सम्म चल्ने छ। गाउँपालिकाका सबै वडामा शिविर सञ्चालन गरिने उनले बताए।

मिर्गौला बचाउ अभियान राष्ट्रिय कार्यक्रम नेपाल र राष्ट्रिय मिर्गाैला केन्द्र काठमाडौंको प्राविधिक सहयोग तथा सूर्य नेपाल प्रालिको आर्थिक सहयोगमा शिविर आयोजना गरिएको छ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिकाका नागरिकको स्वास्थ्यस्थिति स्वस्थ राख्न सहयोग पुगोस् भन्ने उद्देश्यले निःशुल्क मिर्गौला परीक्षण गरिएको बताए।  –रासस

प्रकाशित: १९ माघ २०८० ११:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App