स्वास्थ्य

पन्ध्रौं चरण औषधी खुवाउँदा पनि हात्तीपाइलेको जोखिम उस्तै

पन्ध्रौं चरणको अभियान सञ्चालनपछि गरिएको हात्तीपाइले रोगको नुमना परीक्षण गर्दा कपिलवस्तुमा यसको जोखिम उस्तै देखिएको छ। किटजन्य रोग अनुगमन तथा तालिम केन्द्र हेटौंडाले गत पुस १७ देखि एक सातासम्म जिल्लाका चार पालिकामा गरेको आइडिए इनपेक्ट सर्वे (पहिलो) नमुना परीक्षणबाट सो तथ्य बाहिर आएको हो।

२० वर्षमाथिका उमेर समुहका व्यक्तिको नमुना रक्त संकलन गरी परीक्षण गरिएका हो। कपिलवस्तुका महाराजगञ्ज र कृष्णनगर नगरपालिका तथा बाणगंगा र शिवराज नगरपालिकामा गरी एक हजार दुई सय ५८ जनाको नमुना रक्त परीक्षण गर्दा १२ जनामा माइक्रो फाइलेरिया जीवाणु फेला परेको स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन उदयचन्द्र चौरसियाले बताए।

स्वास्थ्यकर्मीको टोलीले दुई क्लस्टर बनाएर नमुना परीक्षण गरिएको थियो। क्लस्टरअनुसार दुवै ठाउँमा बढी माइक्रो फाइलेरियाका जीवाणु भेटिएका छन्। एक प्रतिशतभन्दा माथि देखिएमा असफल हुने प्रावधान छ। शिवराज नगरपालिकामा तीन सय २३ जनामा परीक्षण गर्दा सातजना, कृष्णनगर नगरपालिकामा तीन सय नौजनामा गर्दा चारजना र महरागञ्ज नगरपालिकामा तीन सय १२ जनामध्ये एकजनामा माइक्रो फाइलेरियाको जीवाणु भेटिएको छ।

सर्वेक्षण गर्दा कुनै स्थानको दुई वा सोभन्दा कम नजिता आएमा पास भएको र त्योभन्दा बढी देखिएमा असफल भएको मानिने छ। तीन वा सोभन्दा माथि फेला परे पुनः सर्वे  हुनेछ। जिल्लामा २०६४ सालदेखि जिल्लामा हात्तीपाइलेविरुद्ध अभियान सञ्चालन हुँदै आएको छ।

२०७८ र २०७९ सालमा चलाइएको अभियानमा जिल्लामा ८० प्रतिशत बढीले औषधी खाएको प्रतिवेदन छ। सन् २००५ मा सर्वै गर्दा जिल्ला सफल भएको थियो। त्यस बेला पाँचजनाको नमुना रक्त संकलन गर्दा १.६६ जनामा मात्र रोगको परजीवी देखिएको थियो। त्यसपछि सन् २०१३ मा ४.५ प्रतिशत, २०१५ मा १४.८४, २०१८ मा १२.६७ परजीवी भेटिएको थियो। सन् २०२२ मा झन् महाराजगञ्जमा २८ र बहादुरगञ्जमा ३१ जनाको नमुना रक्त परीक्षणपछि ४८.४ र ९.६ प्रतिशतमा परजीवी भेटिएको थियो।

सरकारले सन् २०३० सम्म हात्तीपाइले निवारण गर्ने लक्ष्य लिएको छ। विगत वर्षहरूमा यो रोगविरुद्ध आम औषधी सेवन (एमडिए) सञ्चालन गरिएकोमा २०७८ देखि आइडिए अभियान चलाइएकोे थियो। थपिएको आइभरमेक्टिनसहित डिइसी र एडभेन्डाजोल गरी तीन प्रकारका औषधी खुवाइएको थियो।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख खेमलाल पाण्डेयले पन्ध्रौं चरणको औषधी खुवाउँदासमेत कपिलवस्तु असफल हुनु दुःखद् रहेको बताए। उनले दाङ र बाँके सफल भए पनि कपिलवस्तु असफल हुनुले यहा औषधी सेवन राम्ररी नभएको बताए। उनले जिल्लामा यस वर्ष हात्तीपाइलेविरुद्धको अभियानका लागि बजेट नभए पनि दाङका लागि रखिएको बजेट कपिलवस्तुमा पठाउने गरी तयारी गरिएको बताए। कपिलवस्तुमा २७ सय २७ हात्तीपाइले रोगी भेटिएका छन्।  

दुई चरण औषधी खुवाउँदा हात्तीपाइले रोग निवारण हुने गर्छ। तर कपिलवस्तुमा भने १५ चरणको अभियान चलाउँदासमेत हात्तीपाइले रोग निवारण हुन सकेको छैन। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कपिलवस्तु हात्तीपाइले रोगको सबैभन्दा उच्च जोखिम रहेको जिल्लामा सूचीकृत छ।

कार्यालयका अनसार कपिलवस्तुमा अझै साढे १२ प्रतिशतमा हात्तीपाइलेको संक्रमण रहेको पाइएको छ। दशौं चरणको कार्यक्रम सकिएपछि महाराजगञ्ज, बहादुरगञ्ज र बाणगंगा नगरपालिकामा २०७५ को कातिकमा लिइएको नमुना रक्त परीक्षणमा सो तथ्य बाहिर आएका हो।

यस वर्ष प्रदेश नम्बर ५ का कपिलवस्तु, दाङ र बाँकेसहित १३ जिल्लामा माघ २५ गते हात्तीपाइलेविरुद्ध अभियान चलाइएका् छ। गत वर्ष पाँच लाख ८१ हजारलाई हात्तीपाइलेविरुद्धको अभियानमा औषधी खुवाउने लक्ष्य लिइएकोमा गत वर्ष ६६.६ प्रतिशतले मात्र औषधी खाएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत योगेन्द्र्र भगतले बताए।

कपिलवस्तुमा हात्तीपाइले रोग निवारण चुनौती बनेको छ। विगत एघार वर्षदेखि ११ चरणको कार्यक्रम सम्पन्न भए पनि हात्तीपाइले रोग निवारण हुन सकेको छैन। लागतार ६ वर्षसम्म हात्तीपाइलेविरुद्धको औषधी सेवन गरिए शरीरमा हात्तीपाइले रोगको परजीवीले गर्ने संक्रण रोक्ने स्वास्थ्यकर्मी बताउँछन्।

जिल्लामा एघारौं चरणको कार्यक्रम सकिँदा पनि हात्तीपाइले रोग निवारण नहँुदा यसले ठुलो जनस्वास्थ्य समस्या खडा गरेको हो। हात्तीपाइले रोगी बढी रहेको जिल्लामा सूचीकृत यहाँ विगत २०६४ देखि लगातार अभियान सञ्चालन गरिएका छन्, तर हात्तीपाइलेका रोगीको संख्या भने घटेको छैन।

२०२० भित्र हात्तीपाइले रोगीको संख्या एक प्रतिशतभन्दा कममा झर्ने सरकारी योजना छ। सो अवधिमा यसको निवारण निकै चुनौतीपूर्ण रहेको स्वास्थ्यकर्मी बताउँछन्। गत वर्षको फागनुन १५ मा जिल्लाका १० स्थानीय तहको अगुवाइमा औषधी बाँडिएको थियो, तर त्यो पनि प्रभावकारी भएन।

स्वास्थ्य कार्यालयका अनुसार ११ बर्से अभियानमा गत वर्ष सबैभन्दा कमले औषधी खाएका छन्। स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत योगेन्द्र भगतका अनुसार गाउँबस्तीका मानिसले औषधी खाए पनि सहरिया मानिसले कम खाएका छन्। औषधीले विभिन्न असर गर्ने भ्र्रामक प्रचारले सहरियाले औषधी नै नखाने गरेकाले समस्या देखिएको उनले बताए।

११ बर्से अभियानले पनि जिल्लामा उपलब्धिमूलक नतिजा नआएपछि जिल्लामा यस वर्ष फेरि अभियान सञ्चालन गरिने भएको छ। आगामी माघ २५ देखि नगरपालिका र गाउँपालिकामार्फत अभियान सञ्चालन गरिने प्रमुख भगतले बताए।

‘११ बर्से अभियान उपलब्धिमूलक देखिएन, त्यसले फेरि यो अभियान सञ्चालन तयारी गरिएको हो’, उनले भने, ‘अभियानमा पोका पारेर औषधी बाँडियो, तर धेरैले खाएनन्, त्यसले रोगको निवारण भएन। २०७२ सालमा बजेट स्वीकृत नहुँदा अभियान सञ्चालन भएन।

यो रोगविरुद्ध दिइने औषधी पूर्णतया सुरक्षित हुने र लगातार पाँच वर्ष खाए परजीवी मर्ने गर्छ, तर जिल्लामा नियमित पाँच वर्ष औषधी नखाइदिँदा र थुप्रैले औषधी नखाँदा जिल्लामा यस्तो समस्या देखिएको हो।

औषधी पोको पारेर सिरानीमुनि राखियो

१०औं चरणको अभियानसम्म महिला स्वयंसेविकामार्फत औषधी बाँडियो। घरघरमा बाँडिएको औषधी खानुभन्दा पोको पारेर सिरानीमुनि राखिएकाले जिल्लामा हात्तीपाइले रोग निवारण हुन नसकेको डा. गंगाराम यादव बताउँछन्। हात्तीपाइलेविरुद्धको औषधीले असर गर्छ भनी चलाइएको हल्लाले मानिसले औषधी नखाएको र पोको पारेर राखेकाले यस्तो समस्या आएको उनले बताए।

यो रोगविरुद्ध दिइने औषधी सुरक्षित रहेकाले ढुक्कसँग सेवन गर्न उनले आग्रह गरे। जिल्लामा दुई वर्षमुनिका, गर्भवती र कडा रोग लागेका तथा ७० वर्ष नाघेकाबाहेक जसले पनि सेवन गर्न सक्ने डा. यादव बताउँछन्। जिल्लामा यस वर्ष पाँच लाख ६४  हजारलाई औषधी खुवाउने लक्ष्य छ।

अभियानममा करोडौं खर्च उपलब्धि न्यून

११ बर्से अभियानमा अहिलेसम्म १५ करोड बढी खर्च भएको स्वास्थ्य कार्यालयको अनुमान छ। तर उपलब्धि भने न्यून देखिएको छ। अभियानका नाममा ११ सय बढी महिला स्वास्थ्य सेविका गरी तीन हजार बढी स्वास्थ्य कर्मचारी खट्ने गर्छन्। प्रचारप्रसार, अभिमुखीकरण, अनुगमन, भत्तालगायतमा खर्च गर्ने गरिएको छ।

अभियायनका नाममा करोडौं खर्च गरिए पनि अझसम्म रोग निवारण नहुनु दुःखद् रहेको मानव अधिकारकर्मी बताउँछन्। ‘अभियानका नाममा गोष्ठी, अन्तरक्रिया, तालिम, भत्तामा बजेट सकाउने खेल गरियो, त्यसैले १० बर्से अयिभानपछि पनि अवस्थामा सुधार आउन सकेन’, अधिकारकर्मी रवि ठाकुरले भने। अभियानलाई प्रभावकारी बनाउन यस वर्ष केही रणनीति परिवर्तन गरिएका छन्।

जिल्लाका १० वटा निकायमा यस वर्ष पनि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी खुवाइने छ। विगतमा महिला स्वयंसेविकामार्फत औषधी खुवाइने गरिएको थियो। महिला स्वयंसेविकाहरूले यस वर्ष सहयोगीका रूपमा मात्र काम गर्ने योजना रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन उदयचन्द चौरसियाले बताए।

अभियान पालिकामा रहेको जनसंख्याका आधारमा एक हप्तादेखि १५ दिनसम्म चल्ने गरी कार्यक्रम सञ्चालन तयारी गरिएको छ। कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले ११ वर्ष अभियान हुँदासम्म पनि हात्तीपाइले रोग निवारण हुन नसक्नु दुःखद् भएको बताए। उनले यस वर्ष १० वटै पालिकाले योजना बनाएर अभियान सञ्चालन गर्ने तयारी गरिएको बताए। उनले सबैलाई ढुक्कसँग औषधीसमेत गर्नसमेत आग्रह गरे।

हात्तीपाइले उच्चेरिया बाक्रोफटी नामक परजीवीबाट लाग्छ। यो परजीवी एक व्यक्तिबाट अर्कोमा लामखुट्टेको टोकाइबाट सर्दछ। यो रोगविरुद्ध एडबेन्डाजोल र डिइस नामक औषधी दिइन्छ र यो सुरक्षित हुने स्वास्थ्यकर्मी बताउँछन्। केही खाएर मात्र आषधी सेवन गर्नुपर्ने डाक्टरहरू बताउँछन्।

प्रकाशित: १८ माघ २०८० ०७:४७ बिहीबार

कपिलवस्तु हात्तीपाइले रोग पन्ध्रौं चरणको अभियान किटजन्य रोग अनुगमन तथा तालिम केन्द्र हेटौंडा आइडिए इनपेक्ट सर्वे नमुना परीक्षण जोखिम