स्वास्थ्य

फागुन दोस्रो सातादेखि दादुरा–रूबेला विरुद्धको खोप अभियान, यी जिल्लामा लगाइने

सरकारले फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रूबेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।

फागुन १३ देखि चैत ७ गतेसम्म करिव ५७ लाखभन्दा बालबालिकालाई खोप लगाउने लक्ष्यसहित सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैभन्दा धेरै जोखिममा रहेका काठमाडौँ उपत्यकासहितका २४ जिल्लामा दादुरा–रूबेला विरुद्धको खोप दिन लागेको हो।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा.अभियान गौतमले दादुरा–रूबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका तराईका २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रूबेलाविरुद्धको खोप लगाइने बताए।

उनका अनुसार बाँकी ५१ जिल्लामा भने ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई पनि खोप अभियानमा सहभागि गराइने छ। बाँकी २ जिल्ला जाजरकोट र रुकुमपश्चिममा भने यसअघि नै खोप अभियान सञ्चालन भइसकेको छ।

डा.गौतमले सरकारले सन् २०२६ सम्म दादुरा–रूबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न लागिएको पनि जानकारी दिए।

प्रकाशित: १२ माघ २०८० ०५:०५ शुक्रबार

सरकार फागुन दोस्रो साता दादुरा–रूबेला दादुरा–रूबेला विरुद्धको खोप अभियान खोप अभियान बालबालिका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय