हाल सबै विभाग गरी ३ सय ५२ वटा शैय्याबाट वाल उपचार सेवा दिइरहेको कान्ति वाल अस्पतालले केही वर्षभित्रै सञ्चालनमा आउने गरी १ हजार शैय्या सहितको राष्ट्रिय स्वास्थ्य अध्ययन संस्थान स्थापना गर्ने तयारी गरिएको छ।
तत्कालीन सरकारले २०५२ सालमा गरेको निर्णय सहित योजना अघि बढाएको कान्ति वाल अस्पतालका निर्देशक डा. पंकज रायले बताएका हुन्। उनले आइतबार अस्पतालको ६२ औ स्थापना दिवसको अवसरमा यस्तो जानकारी दिएका हुन्।
२०५२ सालमा सरकारको निर्णय अनुसार बालरोग विशेषज्ञ मणिन्द्र रञ्जन बरालको संयोजकत्वमा वाल स्वास्थ्य अध्ययन संस्थान सभाव्यता अध्ययन कार्यदल गठन गरेको थियो। सरकारको २०७७÷०७८ को नीति योजनाले पनि यो अस्पताललाई बालरोग सम्बन्धी उच्च शिक्षा अध्ययन गर्ने थलोको रुपमा विकास गर्ने उल्लेख थियो। यी नीति तथा निर्णय अनुसार एक महिना अघि शहरी विकास तथा भवन निर्माण विभागको अगुवाइमा वाल स्वास्थ्य अध्ययन संस्थान सहितको कान्ति वाल अस्पतालको विस्तृत आयोजना प्रतिवेदन प्राप्त भएको छ। यो योजनालाई मूर्तरूप दिन अस्पतालका निर्देशक डा।रायले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नतेलाई सहयोगको अपिल गरेका हुन।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंंख्या मन्त्री मोहन बहादुर बस्नेतले वाल स्वास्थ्य अध्ययन संस्थानको आयोजना प्रतिवेदनको बिषयमा सरोकारवाला सबैलाई मन्त्रालयमा बोलाएर थप छलफल गर्ने बताए। उनले भने,‘शहरी विकास तथा भवन निर्माणको प्रतिनिधि,कान्तिवाल अस्पतालका प्रतिनिधि सबै भोलि मन्त्रालयमा आउनुहोस्, छलफल पछि अघि बढौँ।’
कान्तिवाललाई राष्ट्रिय वाल अध्ययन संस्थानको रुपमा विकास गर्नको लागि अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग लगायतका सरारकोवालाहरुसंग पटक–पटक प्रस्तावको बारेमा छलफल भइसकेको कान्ति वाल अस्पतालका प्रवक्ता डा। सुमित अग्रवालले बताए। कान्ति वाल अस्पतालमा राष्ट्रिय वाल अध्ययन संस्थानको रुपमा विकास गर्नको लागि आवयश्यक जमिन, भौतिक पूर्वाधारको लागि योजना, अस्पताल सबै रहेकोले अघि बढाउन सहज भएको उनले बताए। अस्पताल हाताभित्र ५ लाख ५७ हजार ६ सय वर्ग किमी खालि जमिन रहेको र त्यसलाई अध्ययन संस्थाको लागि आवश्यक भवन निर्माणको लागि प्रयोग गर्न सकिन्छ। शहरी विकास तथा भवन निर्माणको विस्तृत आयोजना प्रतिवेदन अनुसार स्वास्थ्य सरकारले आगामी बर्ष बजेट आउने सम्भावना रहेको डा। अग्रवालले बताए।
एक वर्षमा १ लाख ९९ हजार २ सय ५६ जनालाई सेवा
कान्ति वाल अस्पतालले एक वर्षको अवधिमा आकस्मिक र बहिरङ्ग गरी १ लाख ९९ हजार २ सय ५६ जनालाई सेवा प्रदान गरेको छ। ती मध्येमा १ लाख ४६ हजार २ सय ४९ जनाले बहिरङ्ग विभागबाट सेवा लिएका छन् भने ५३ हजार ७ जनाले आकस्मिक कक्षबाट सेवा लिएका हुन्। यो अवधिमा ९ हजार ५ सय ३३ जना भर्ना, भएका थिए, ७ सय २४ जनाले ठूलो अपे्रशन, ८ सय १९ वटा मध्यम, ९ सय ३९ वटा साना खालका शल्यक्रिया गरी २८ सय ४२ वटा शल्यक्रिया सम्पन्न भएका छन्।
यो अवधिमा अस्पतालले ५ लाख २४ हजार ७ सय ५९ जनालाई ल्याव्रोटरी सेवा, ७० जनालाई इण्डोस्कोपी सेवा,१५ जनामा कोल्नोस्कोपी सेवा, १ सय ७५ जनालाई ब्रोनोस्कोपी सेवा, ३ सय जनालाई स्पायोेरोमेटोरी सेवा, २५ जनाको कलेजाको वायोप्सी जाँच, १९ सय ५७ जनाको सिटिसक्यान, ५ लाख ७४ जनाको एक्सरे, २४ हजार ३ सय ८१ जनाको भिडियो एक्सरे, ९ सय २१ जनाको इइजी सेवा प्रदान गरेको छ।
अस्पतालमा हाल ५० शैय्याको आकस्मिक सेवा, १ सय ६७ जनरल सेवा, १८ वटा एचडियु ४, आइसियु,सिसियु, पिआइएमसियु, एसआइसियु गरी ३ सय ५२ वटा सेवा सञ्चालनमा छन्।
अस्पतालले हालै नयाँ एमआरइ तथा सिटिसक्यान सेवा सुरु गरेको छ। प्रयोगशाला सेवा विस्तार वायोप्सी सेवा सुरु, हिस्टोप्याथोलोजी एण्ड वायोप्सी सेवा,हिमालय बैङ्कको सहयोगमा अस्पतालको अघि भागमा सुन्दरता निर्माण,जिन्सी लिलामी प्रक्रिया सुरु, कुल शय्या मध्येमा २ सय ४८ वटा निःशुल्क सेवा प्रदान गरेको छ। यसको साथै आकस्मिक कक्षलाई ट्रायल विधिबाट उपचार सेवाको प्रबन्ध पनि यही वर्षभित्र सुरु भएको हो। यो सेवाको कारण अस्पतालमा आउने ग्रामीण बिरामीले प्राथमिकता तोक्न सहज भएको अस्पतालले जनाएको छ।
सातै प्रदेशको रेफरल वाल अस्पतालको रुपमा विस्तार गरी बिशिष्टीकृत सेवा दिने, यस अस्पताललाई वाल स्वास्थ्य संस्थान भएपछि वाल उपचारको राष्ट्रिय नीति तर्जुमा गर्न सहज हुने,वाल रोग अध्ययन संस्थान बनेपछि लाल उपचारको राष्ट्रिय नीति पुरा तर्जुमा गरी एमडी, एमएस पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने योजना रहेको छ। यस अस्पताललाई डिजिटलाइजेशन गर्ने योजना रहेको छ।
प्रकाशित: २२ पुस २०८० १२:०४ आइतबार