स्वास्थ्य

कलेजो, किड्नी दान गर्न नेकपा समाजवादीद्वारा नेता कार्यकर्तालाई आह्वान

नेकपा (एकीकृत समाजवादी)को ७० औँ केन्द्रीय सचिवालय बैठकले जटिल रोगका बिरामीहरूलाई आवश्यक शरीरका अङ्गहरू दान गर्न आफ्ना नेता र कार्यकर्ताहरूलाई आव्हान गरेको छ।

शनिवारको उक्त बैठकले कलेजो, किड्नी ट्रान्सप्लान्टजस्ता जटिल रोगलाई दृष्टिगत गर्दै पार्टीका नेता कार्यकर्तालाई अङ्ग दान गर्न आह्वान गर्ने निर्णय गरेको हो। 

यसको जानकारी समाजवादीका उपमहासचिव एवं पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दिएका छन्।

प्रकाशित: ८ पुस २०८० ०२:०१ आइतबार

नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठक जटिल रोगका बिरामी जटिल रोग शरीरका अङ्ग कलेजो किड्नी ट्रान्सप्लान्ट