स्वास्थ्य

नवौँ फार्मा एक्सपो २०८० चितवनमा हुने

नवौँ फार्मा एक्सपो २०८० चितवनमा हुने भएको छ।नेपाल औषधी उत्पादक संघ (एप्पोन)को आयोजनामा हुने एक्सपो फागुनको २५ देखि २७ गते तीन दिनसम्म हुनेछ।

तीन दिनसम्म संचालन हुने प्रदर्शनीमा   नेपाल, भारत, चीन र बङ्गलादेशका व्यवसायीको सहभागीता रहनेछ । चितवनमा एक्सपो हुन लागेको यो तेस्रो पटक हो।३० हजार जनाले प्रदर्शनीमा भाग लिने आयोजकले अनुमान लगाएको छ।

हरेक दुई वर्षमा हुने यस्तो खालको प्रदर्शनीले नेपाली औषधी उत्पादन अन्तरीष्टिय बजारमा परिचित गराई निर्यात वढाउने, नेपाली बजारमै बिश्वसनीयता बढाउने र औषधी उत्पादनमा भएको प्रगतिको बारेमा जानकारी हुने नेपाल औषधी उत्पादक संघ (एप्पोन)जनाएको छ। 

प्रकाशित: ६ पुस २०८० १०:३५ शुक्रबार

नवौँ फार्मा एक्सपो २०८० नेपाल औषधी उत्पादक संघ (एप्पोन) प्रदर्शनी