स्वास्थ्य

जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी

फाइल तस्बिर

जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन्। बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल  र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

उनीहरु तीनै जनाको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।  

उनीहरु घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा सोमबार बिरामी परेको सरिता  श्रीमान् वृषबहादुरले बताए। रासस

प्रकाशित: १४ कार्तिक २०८० ०४:३५ मंगलबार

जङ्गली च्याउ तीन जना बिरामी इस्मा गाउँपालिका