स्वास्थ्य

दसैंमा मुख र दाँत स्वास्थ्य परामर्श दिन अनुरोध

प्रिमियर डेन्टललले दसैं–तिहारको अवसरमा अनलाइन परामर्श लिन अनुरोध गरेको छ। कोभिड १९ कालदेखि नै परामर्श दिँदै आएकोमा दसैं–तिहारको अवसरमा पनि यो सेवा लिन अनुरोध गरेको छ। विशेषगरी, विभिन्न देशमा बस्दै आएका नेपालीलाई विदेशमा दाँत सेवा आवश्यक परेको बेला परामर्श लिँदा उपचारमा सहज हुने डेन्टलका डा. विप्लव अधिकारीले बताए।

विदेशमा रहेका नेपालीहरूले दाँतको समस्या परेमा उपचार गर्दा समय लिँदा ढिलाइ हुने र यस्तो अवस्थमा परामर्श चाहिने हुनाले निःशुल्क सेवा दिँदै आएको डा. अधिकारी बताउँछन्। दाँत किराले खाएको अवस्थामा, बालबालिका लडेर दाँत भाँचिएमा, दाँतको जरा भर्नुपर्ने अवस्थामा परामर्श सहयोगी भएपछि यो सेवालाई निरन्तरता दिएको अधिकारीले बताए।

 ‘दाँत किराले खाएको हुन्छ, दाँत सिरिङ गरेको बेला कुन उपचार आवश्यक छ, हामीले सवै परामर्शबाटै भनिदिएपछि सेवाग्राहीलाई सहज हुन्छ,’ उनले भने। यसको साथै दाँतको हेरचाह कसरी गर्ने भन्ने विषयमा पनि परामर्शवाट पर्याप्त जानकारी दिने गरेको उनले बताए। नेपालमा प्रिमियर डेन्टल सेवा पनौती, सूर्यविनायक र भकुण्डेबेंसीमा सञ्चालित छ।

प्रकाशित: ३० आश्विन २०८० ०१:३३ मंगलबार

दसैंमा मुख र दाँत स्वास्थ्य परामर्श दिन अनुरोध